बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौडाको ल्यावमा दैनिक ७५ वटा कोरोनाको नमूना परीक्षण गरिने

बिहीबार, २० चैत २०७६, १३ : ३४
बिहीबार, २० चैत २०७६

काठमाडौं । वागमति प्रदेश सरकारले बिहीबारबाट हेटौडाको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबमार्फत कोरोना परीक्षण सुरु गर्ने भएको छ । 

ल्याब सञ्चालनका लागि सबै उपकरण जडान भैसकेको र जनशक्ति समेत आएकालेकोरोना परीक्षण आजैबाट गर्न सुरु गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । 

उनका अनुसार ल्याबमा प्रत्येक दिन ७५ वटासम्म संकलित नमुना परीक्षण गर्न सकिनेछ । छिमेकी राष्ट्र भारतसम्म कोरोना फैलिसकेको अवस्थामा सबैमा सचेत र सावधानी अपनाउन  आग्रह गर्दै उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले सम्पूर्ण तयारी पुरा भएको बताए ।

नेपालमा नफैलिनुलाईउनले कसैको कृपा भन्दापनि अहोरात्र खटिने स्वास्थकर्मी ,सुरक्षाकर्मी र बिभिन्न निकायका सरकरी व्यक्तिहरुको मुख्य भूमिका रहेको उनको भनाई छ ।  हेटौडामा कोरोना परीक्षणका लागि तयारी पुरा भएपनि बिहीबार परीक्षणको लागि कुनै नमुना संकलन भैनआएको सामाजिक बिकास मन्त्रालयका सचिब दिपेन्द्र सुबेदीले बताए।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप