शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्तले मात्र राममन्दिरमा पूजा अर्चना गरेँ

बिहीबार, २० चैत २०७६, १३ : २६
बिहीबार, २० चैत २०७६

धनुषा । भगवान रामको जन्मजयन्ती आज जनकपुरधाम स्थित राममन्दिर र जानकी मन्दिरमा श्रद्धालु बिना नै पूजा अर्चना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरी महन्तद्वारा पूजा अर्चना गरिएको हो ।

रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा विगतमा  रामनवमीका अवसरमा आयोजना हुने गरिएको महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उलेख्य हुने गरेकोमा यसपटक कोरोनाका कारण सुनसान देखिएको छ ।

त्रेतायुगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रहरूमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औं पुरुताका राजा मानिन्छन् । उनी महाराजा दशरथका छोरा थिए । राम शब्द रम् धातुबाट बनेको हो ।जसको अर्थ क्रीडा , खेल र आनन्द हो । विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ , यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।

राम परब्रम्हा , परम तप , परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँहरूको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्व विद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजार भन्दा अधिक शहरको नाम पता लागेको छ ।

धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति , हनुमान , नारद , अत्रि , अनुसुइया , भरत ,शबरी आदिको रामधक्ति एवं उपासना अद्वितीय रहेको छ । कल्याणस्वरूप , सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक शाब्द हुन् । राम शब्द स्वयम्मा सच्चिदानन्द शन्द पनि हो ।  यसप्रकारको महत्व राम शब्द भएका कारण जसले रामनवमी व्रत गर्छ , त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषेत्तम हुन् भन्ने उनको रान्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणा स्रोत मानिन्छ ।

आज पनि सुशासन , सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्था का लागि शास्त्रीय गुणहरूलाइृ एउटै शब्दमा पस्र्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाइृ पूर्ण मानिएको छ । अझ देशधक्ति , पितृभक्ति , मातृभक्ति ,भातृप्रेम , प्रजावत्सलता , सरलता , सहिष्णुता , धार्मिकता , नैतिकता, क्षमाशीलता , वीरताका उदाहरण दिंदा पनि रामलाई नै सम्झिने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप