शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कोरोना कोषमा सेञ्चुरी बैंकको ८५ लाख सहयोग

बिहीबार, २० चैत २०७६, १३ : ०८
बिहीबार, २० चैत २०७६

काठमाडौं– सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले सरकारको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा ८५ लाख आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले ३५ लाख सहयोग गर्ने भएको छ । बाँकी ५० लाख रकम सरकारको रोग नियन्त्रण कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गबाट कारोबार गर्न प्रोत्साहित गरिरहेको छ भने एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी, क्लियरीङ सुविधाहरू उपलब्ध गराउंदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप