शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनालगायत जरुरी सेवा नदिने चिकित्सकमाथि काउन्सिलले थाल्यो छानविन

बिहीबार, २० चैत २०७६, १२ : ४७
बिहीबार, २० चैत २०७६

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लकडानपछि अस्पतालहरुमा विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि छानविन थालेको जनाएको छ । 

काउन्सिलले बिहीबार एक अपिल जारी गर्दै लकडाउनका समयमा ज्वरो आएका विरामीहरुको उपचारमा विभिन्न कठिनाइ आएको, चिकित्सकहरुले बिरामी नहेरेको र सोही कारण विरामीको मृत्यु समेत भएको तथा कोभिड १९ को आशंकाका भरमा अन्य विरामीको समेत न्युनतम उपचार नगरेर अन्यत्र पठाउने गरेको भन्ने समाचाहरु आएपछि काउन्सिलले छानविन थालेको जनाएको हो ।

काउन्सिलको अपिलमा मानव जातिलाई नै ग्रसित बनाएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित पारेको भन्दै यसबाट हुने क्षतीलाई न्युनिकरण गर्न सम्बद्ध पक्ष लागिरहेको अवस्थामा यस्तो बहद लडाईमा स्वास्थ्कर्मीहरु, स्वास्थ्य संस्थाहरु र स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको निर्णायक भुमिका रहने उल्लेख छ ।

काउन्सिलले नेपालको पछिल्लो विकसित घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै चिकित्सकहरुलाई निर्दिेशिका अनुसारको सुरक्षकवचको प्रयोग गर्दै विरामीको उपचारमा सरिक हुन अपिल गरेको छ । त्यस्तै अस्पतालहरुमा आकस्मिक उपचारमा ढिलाइ नगर्न तथा कोभिड १९ का लागि नतोकिएका अस्पतालहरुले कोभिड १९ बाहेक अन्य रोगीहरुको जरुरी सेवाहरु यथावत सञ्चालन गर्न निर्देशन दिएको छ । 
त्यस्तै काउन्सिलले कुनैपनि विरामी अस्पतालबाट रेफर गर्नुपरे स्क्रिनिग गरी यातायातको समेत व्यवस्था गरेर मात्रै गर्न सुझाव दिएको छ । 

‘जनताले कष्ट पाएको समयमा नै चिकित्सक र स्वास्थ्यकर्मीको पेशाको मर्यादा सावित हुने हुनाले यस विषम परिस्थतिमा उच्च मनोवल कायम राख्दै काउन्सिलको आचारसंहिता अनुरुप काम गर्न सवै चिकित्सहरुमा अनुरोध छ’, काउन्सिलले अपिलमा भनेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप