प्रधानमन्त्री कार्यालयले बोलायो बैंकर्सलाई, के हुँदैछ छलफल ?
बिहीबार, २० चैत २०७६, १२ : ४२
काठमाडौं । प्रधानमन्त्री कार्यालयले बैंकर्सहरुलाई छलफलमा बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैंकर्स एसोसिएसनसँग छलफल हुन लागेको हो ।
एसोसिएसनको प्रतिनिधित्व गर्दै अध्यक्ष भुवन दाहाल सिंदरबारतर्फ लागेका छन् । छलफलको विषय नखुलाइएपनि सम्भवतः कोरोनाकै विषय र त्यसमा बैंकहरुले दिने राहतकै विषयमा छलफल हुने अनुमान गरिएको छ ।
दाहालले भने, ‘प्रधामन्त्री कार्यालयले छलफलका लागि हामीलाई बोलाएको छ । अन्य समूहलाई पनि बोलाएको भन्ने सुनेको छु । अहिले छलफलमा सहभागी हुन जान लागेको हो ।’
सरकारले ऋणको किस्ता तिर्ने समय असारसम्म पुर्याउन बैंकहरुलाई यसअघि नै निर्देशन दिइसकेको छ ।