काठमाडौंसहित छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं – काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकस्थित काठमाडौं महानगरपालिका–१३ ओम वहाल बस्ने राजु महर्जनको फर्निचर कारखानामा विद्युत सर्ट भई आगलागी भएको छ ।
बिहीबार बिहान आगलागी हुँदा फर्निचर कारखाना सो फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम समेत जलेर करिब ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, पाँचखपन नगरपालिका–७ पचासे बेंसी बस्ने लक्ष्मी कुमारी बोगटीको घर र घर नजिकै रहेको ग्वाली घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, कमल गाउँपालिका–६ सोनापुर टोल बस्ने ६५ वर्षीय होम नाथ अर्यालको घरमा खाना पकाउने ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्याङजा, कालीगण्डकी गाउँपालिका–५ बेलटारी बस्ने ७७ वर्षीय जिवलाल न्यौपानेको घरमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने