शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ४ जना भर्ना

बिहीबार, २० चैत २०७६, १० : ३१
बिहीबार, २० चैत २०७६

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलसनमा ४ जना भर्ना भएको अस्पतालले जनाएको छ ।  यसअघि अस्पतालको आइसोलेसनमा भर्ना भइ उपचार भइ २३ जनाले उपचार पाएको अस्पतालले जनाएको छ । उनीहरु कसैमा पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

यस्तै एकजना कोरोना संक्रमित रहेकोमा उनको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए । कैलालीको धनगढीका उनी दुबईबाट नेपाल आएका थिए । 
उनले हालसम्म २६ जनाको थ्र्रोट श्वाव जाँच गर्न पठाएकामा १९ जनाको रिपोर्ट नेगेटिभ तथा एकजनाको पोजेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप