युवाले रोके सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडी
हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् ।
लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका गाडीलाई लोमान्थाङबाटै फर्काएका लोमानथाङ गाउँपालिका–५ का वडाध्यक्ष नवाङ कुङ्गा विष्टले जानकारी दिए ।
सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरेकाले गाडी बजार क्षेत्र प्रवेश गर्न नदिइएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिए ।
लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अतिआवश्यक सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताए । उनले सो सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गरे ।
सडक निरीक्षणमा आयोजना प्रमुख अशोक तिवारी, इञ्जीनियर अस्विनी यादवलगायत अन्य गैरव्यक्ति पनि भएको स्थानीयवासीले बताएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीबाट जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमबाट कोरलाको ११० किलोमिटर सडकमा सात वटा प्याकेज छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?