शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन रद्द

बिहीबार, २० चैत २०७६, ०९ : ३६
बिहीबार, २० चैत २०७६

कोरोना भाइरस महामारीका कारण बर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको छ । 

आयोजक अल इङ्ल्यान्ड क्लबको बुधबार अबेर बसेको बैठकले यस सिजनको विम्बल्डन रद्द गर्ने निर्णय गरेको हो । विम्बल्डन दोस्रो विश्व युद्धपछि पहिलो पटक स्थगित भएको हो । 

विम्बल्डनको नयाँ संस्करण सन् २०२१ को जुन २८ देखि जुलाई ११ तारिखसम्म हुनेछ । 

यसअघि यस प्रतियेगिता यसै वर्षको जुन २९ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो । सन् १८८७ देखि सुरु भएको विम्बल्डन यसअघि पहिलो र दोस्रो युद्धको समयमा मात्र रद्द भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप