आज मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना
बिहीबार, २० चैत २०७६, ०८ : ०२
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।
महाशाखाले हाल भने हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी