स्थानीय बासिन्दाले नै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराए
हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्ड्लिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।
अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौँबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् ।
लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन राउतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने