केन्द्रीय संस्करण

घर बस्दा मैले त यस्तो काम गरें नि

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

समृद्धी बस्ताकोटी 
रानीबन, काठमाडौं 

हुनत मलाई घर बाहिर गएर खेल्न मन पर्दैन । म बहिनीसंगै घरभित्रै छत र आगनमा खेल्छु । तर आज मेरो घर बाहिर सुनशान छ त्यसैले मलाई पनि खेल्न मन लागेको छैन । 

मलाई नरमाईलो मात्र लागेको छ ।  बहिनीसंग पनि खेल्न मन लागेन । 

तर मलाई मेरो मामुले १ हप्ता सम्म तिमीले के के गर्ने तालिका बनाउ भन्नुभयो । मैले तालिका बनाए । मामुले बाबालाई पनि तालिका बनाउन लगाउनु भयो, मामु आफूले पनि तालिका बनाउनु भयो । 

मेरो तालिकामा मामुले पनि यो यो काम गर भनेर थपिदिनु भयो ।  मेरो तालिकामा मैले खेल्ने, टि.भी. हेर्ने, नाच्ने, गाउने मात्र लेखेको थिए । तर मामुले प्रत्येक दिन एक एक वटा काम थपिदिनु भयो । जस्तै:-चित्र बनाउने, लुगा सिलाउने र टाँक हाल्न सिक्ने ,घर सफा गर्ने,भाडा मोल्ने आदि आदि । 

अनि तपाईहरुलाई थाहा छ ? मैले बारीमा घिउसिमी र फर्सीको बिउपनि रोपेको छु नी । त्यसलाई म संधै पानी हाल्छु । अहिले त्यसले टुसा हालेको छ।  मलाई त्यसको खुब माया लाग्छ । बहिनीले कुल्ची दिन्छे कि भनेर डर पनि लाग्छ । 

कोरोनाको कारणले आज नेपाल बन्द भएको पनि कति धेरै दिन भएछ तर मलाई नरमाइलो लागेको छैन । 

लेख लेख्ने पनि यो एक दिनको काम नै थियो मेरो। 

मलाई लेख लेख्न मेरो हजूरबुबा उमाकान्त रेग्मी र राधा पौडेल आमाले फोनवाट सघाउनु भयो |साथीहरु तपाईहरु पनि त्यसै गर्नुस है कति रमाईलो हुन्छ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.