मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पोखरेल र नगर प्रमुखहरुबीच कोरोना रोकथामबारे भिडियो संवाद

बुधबार, १९ चैत २०७६, २२ : ०१
बुधबार, १९ चैत २०७६

बुटवल । विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नगर प्रमुखबीच बुधबार साँझ कोरोना रोकथाम र नियन्त्रणका बिषयमा भिडियो संवाद भएको छ ।

संवादमा अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा  छलफल भएको हो । स्थानीय तह र प्रदेशबीचको कोरोना सतर्कताको बिषयमा जानकारी आदान प्रदानका साथै सहयोगका लागि मुख्यमन्त्री पोखरेलले स्थानीय तहका प्रमुहरुसँग नियमित रुपमा भिडियो संवाद गर्दै आएका छन् । आज पनि सोही विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

भिडियो संवादमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, रेसुङगा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी, गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता सहभागी थिए ।

छलफलमा नगरपालिका प्रमुखहरुले स्थानीय तहले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका छन् । 

नगरप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन गर्ने, क्वारेन्टाइन निर्माणको अवस्था र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराए । 

मुख्यमन्त्रीले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । 

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन मुख्यमन्त्रीले आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको नगरप्रमुखहरुलाई जानकारी गराए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप