शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक कार्यक्रमको नाममा रौतहटमा निषेधाज्ञा उल्लङ्घन हुँदै

बुधबार, १९ चैत २०७६, २० : ३४
बुधबार, १९ चैत २०७६

रौतहट । लकडाउनको अवधिमा पनि रौतहटमा केही धर्मावलम्बीहरु असंवेदनशील देखिएका छन् । विश्वभर कोरोना संक्रमणको जोखिम बढिरहेका बेला रौतहटमा पनि धर्मप्रचारको नाममा चलखेल सुुरु भएको हो । 
कोरोना भाईरसको खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले दोस्रोपटक चैत २५ गते राती १२ बजेसम्मको लागि लकडाउनको घोषणा गरेको छ । लकडाउन लाई थप प्रभापकारी बनाउन रौतहट जिल्ला प्रकासन कार्यालयले शान्तिसुरक्षा ऐन २०२८ मा टेकेर अर्काे आदेश न आएसम्मको लागी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञालाई पनि बेवास्ता गर्दै मुश्लिम धर्मका केही धर्मावलम्बीहरु रौतहटका गाँउ गाँउमा निर्वाध रुपमा घुमिरहेका छन् ।
सरकारले भारत लगायत बाहिरबाट आउने जो कोहीलाई पनि कोरोना भाईरसको संक्रमणबाट जोगाउन अनिवार्यरुपमा क्वारेन्टाईनमा बस्न आह्वान गरेको छ । उक्त व्यवस्थाअनुसार गाउँ–गाँउमा बाहिरबाट आउनेलाई प्रहरीले समातेर भएपनि क्वारेन्टाइनमा राखिरहेको छ । तर धर्म प्रचारको बहानामा बाहिरबाट आउने केही धमावलम्बीहरु घुमिरहेका देखिन्छन् ।

कटहरिया नगरपालिका वडा ४ हर्षाहा गाउँमा रहेको मस्जिदमा बुधबार बिहान ११ बजे ७ जना धर्माबलम्बीरु  चुपचाप आएको देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरुलाई नियन्त्रणमा लिने क्रममा अरु भने भागेका थिए । स्थानीय युवाहरुको सहयोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका हो ।

उनीहरुलाई कटहरियामा रहेको क्वारेन्टाइनमा प्रारम्भिक स्वास्थ्य परीक्षण पछि गृहजिल्ला बारा पठाइएको सई सुरेन्द्र सिंहले जानकारी दिए । यसभन्दा केहीदिन अघिमात्रै देवाही गोनाही नगरपालिका अन्तरगत उचिडिह टोलमा रहेको मस्जिदमा  पनि विदेशीसहित झण्डै एक दर्जन मानिस आएर बसेका थिए ।

लकडाउनको अवधिमा बाहिरबाट आउनेलाई मदर्शाका अगुवाले  बिरोध गर्नुको साटो सम्मानका साथ राखेका थिए । पछी उनीहरुलाई पनि ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरिक्षक मेदनी साहको कमाण्डमा गएको टोलीले भगाएको थियो ।

त्यस्तै बाराका विभिन्न स्थानबाट आएका २ जना धर्मावलम्बीहरुलाई सन्तपुर दोस्तिया चोकबाट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला विकास समितिका पूर्व उपसभापति तथा समावसेवी रजिउदिन आलमले वर्तमान संकटमा धर्मको नाममा मानवीय संवेदना नबुुझनेलाई कडा कार्वाही हुनुुपर्ने बताए ।  निषेधाज्ञा अवधिमा बाहिरबाट आउने जो कोहीलाई पनि आफनो घर अथवा कुनै पनि धार्मिक संस्थामा राख्नु नहुने आलमले जिकिर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप