शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ई–सेवा चलाउन ‘रिफर’ गर्दा रु ८० बोनस पाइने

बुधबार, १९ चैत २०७६, १९ : ५६
बुधबार, १९ चैत २०७६

काठमाडौं । भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९ को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 

नगदरहित समाजनिर्माणका लागि आपूm पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत ई सेवाले हरेक व्यक्तिलाई डिजिटल अभियानकर्मी बनाउन यो अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत ई–सेवा चलाउन सिकाएबापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथीभाई तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई सेवा चलाउन सिकाउन सकिनेछ ।

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बताए । ई सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजलगायतको शुल्कभुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट ई सेवामा सहजै रकमजम्मा गर्न तथा ई सेवाबाट बैङ्क खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप