शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुबेतमा पनि एक नेपालीमा कोरना संक्रमणको पुष्टि

बुधबार, १९ चैत २०७६, १९ : २३
बुधबार, १९ चैत २०७६

-बिनोद श्रेष्ठ
कुवेत । कुवेतमा  पनि एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको पुष्टि भएको छ । कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । तीमध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप