बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको महाव्याधि ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’: राष्ट्रसंघ प्रमुख

स्पेनमा कोरोनाभाइरसको संक्रमण १ लाख नाघ्यो, अन्यत्र पनि बढ्दै
बुधबार, १९ चैत २०७६, १८ : ५१
बुधबार, १९ चैत २०७६

वितेको २४ घण्टाभित्र स्पेनमा कोरोनाभाइरस महाव्याधिका कारण ८६४ जनाको निधन भएको छ । यो भनेको स्पेनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोनाभाइरसका कारण भएको मृत्यु हो । अहिलेसम्म स्पेनमा ९,०५३ जनाको मृत्यु भइसकेको छ । हाल स्पेनमा कोरोनाभाइरसबाट संक्रमण हुनेहरुको संख्या पनि १०२,१३६ पुगेको छ । तीमध्ये २२,६४७ जना निको भइसकेका छन् ।

सबैभन्दा बढी मृत्यु चाहिँ इटालीमा भएको छ । इटालीमा १२,४२८ जनाको मृत्यु भइसकेको छ । हाल त्यहाँ संक्रमितको संख्या १०५?७९२ रहेका छन् भने २२,६४७ जना मात्रै निको भएका छन् ।

उता इरानमा पनि मृत्यु हुनेहरुको संख्या ३,०३६  हजार पुगेको छ । इरानमा पछिल्लो पटक १३८ जनाको मृत्यु भएको छ ।

त्यसैं गरी, अमेरिकामा पनि कोरोना महाव्याधिकै कारण मृत्यु हुनेहरुको संख्याले ४०५९ पुगेको छ । यो संख्या भनेको कोरोनाभाइरस संक्रमण सबैभन्दा पहिले देखापरेको चीनको भन्दा पनि बढी हो । स्मरण रहोस्, चीनमा ३,३१२ जनाको मृत्यु भएको छ  भने संक्रमितको संख्या ८१,५५४ रहेको छ । त्यसैगरी, चीनमा निको हुनेहरुको संख्या पनि ७६,२३८ पुगेको छ । अमेरिकामा भने संक्रमितको संख्या नै १,८८,६४७ पुगेको छ भने निको हुनेहरुको संख्या अत्यन्तै न्यून रहेको छ । हालसम्म अमेरिकामा ७,२५१ जना मात्रै निको भएका छन् ।

उता जर्मनीमा संक्रमितको संख्या ७३,१२१७ र मृत्यु हुनेहरुको संख्या ८०२ पुगेको छ । संक्रमितमध्ये १६,१०० जना निको पनि भएका छन् । पछिल्लो पटक जर्मनीमा कोरोनाभाइरस संक्रमणका ५,४५३ केसहरु फेला परेका छन् ।

कोरोनाभाइरसको यो घातक मृत्युदर बढ्दै जाँदा राष्ट्रसंघका प्रमुखले अहिलेको महामारीलाई ‘दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब संकट’ को संज्ञा दिएका छन्  ।

संसारभरिमा यो लेख्दासम्म (२०७६ चैत्र १९ गते बेलुकी ६ः३० बजे) मा यही महाव्याधिका कारण ४३,५४१ मानिसको मृत्यु भइसकेको छ । संक्रमण पहिचान भइसकेकाहरुको संख्या पनि ८,७७,०४१ पुगिसकेको छ ।

त्यसो त यही महाव्याधिको संक्रमणमा परेर निको हुनेहरुको संख्या पनि १,८५,०६५ पुगेको छ ।

स्रोतः सीएनएन, अलजजिरा, वर्ल्डोमिटरर्स

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप