बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालीमाटी तरकारी बजारको भीडले अत्तालिनुपर्ने अवस्था आयो : जोशी

बुधबार, १९ चैत २०७६, १४ : ३४
बुधबार, १९ चैत २०७६

काठमाडौं । कालीमाटी तरकारी बजारमा अत्यधिक भीड देखिन थालेको छ । कोरोना भाइरस संक्रमण हुन सक्ने खतरालाई मध्यनगर गर्दै सरकारले २५ जना भन्दा जम्मा हुन रोक लगाएको भएपनि कालिमाटीमा देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको काँग्रेस नेता नवीन्द्रराज जोशीले बताएका छन् । 

उनले कालीमाटीमा लगभग १ पटकमा १०० देखि २००को संख्यामा  तछाडमछाड गर्दै गएको देखिएको भन्दै यसबाट स्थानीयहरु त्रसित बनेको बताएका छन् । 

उनले यस्तो अवस्था रोक्न कडाइ गरिनुपर्ने भन्दै सम्बन्धितलाई ४ बुँदे सुझाव दिएका छन्ः
१. तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना पठाउने, दूरी कायमगर्ने ।

२.तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनिवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने ।

३.तरकारी किन्न जानेहरुले पनि पञ्जा माक्स र  स्यानिटाइज गर्ने ।

४.तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी ,साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप