बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण फुपूको छोराको अन्तिम संस्कारमा जान सकेनन् सलमान खान

बुधबार, १९ चैत २०७६, १४ : २५
बुधबार, १९ चैत २०७६

सलमान खानकी फुपूको छोरा अब्दुल्लाह उर्फ अबा खानका २८ मार्चमा निधन भएको थियो । उनलाई अचानक सास फेर्न गाह्रो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

अब्दुल्लाहको अन्तिम संस्कार इन्दौर स्थिती उनको गाउँमा भएको थियो तर सलमान खान यसमा सरिक हुन नपाएपछि अत्यधिक दुःखी भएको बताइएको छ ।

लकडाउनका कारण बाध्य छन् सलमानः

सलमानका म्यानेजर जोर्डी पटेलले बम्बे टाइम्ससँगको कुराकानीमा भने, ‘सलमान यतिबेला कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पनवेल फार्महाउसमा छन् तसर्थ उनी यात्रा गर्न सक्दैनन् । अब्दुल्लाहको अन्तिम संस्कार इन्दौरमा हुनेछ जहाँ उनी बस्दथे । सलमान पछि उनको परिवारलाई भेट्नेछन् ।’

के अब्दुल्लाहको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको हो भनेर प्रश्न सोध्दा उनले भने, ‘उनको मृत्यु मुटुले काम गर्न बन्द गरेपछि र फोक्सोको संक्रमणका कारण भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप