बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा एक हजार क्वारेन्टाइनमा

बुधबार, १९ चैत २०७६, १४ : २३
बुधबार, १९ चैत २०७६

डडेल्धुरा । डडेल्धुरामा पछिल्लो १४ दिनका अवधिमा दुई हजार ३६४ नेपाली भारतलगायत अन्य मुलुकबाट फर्किएका छन् ।  स्थानीय तहहरुका अनुसार क्वारेन्टाइनमा भने अहिलेसम्म २३ जना मात्र  छन् ।  यसअघि विभिन्न स्थानीय तहमा क्वारेन्टाइन बसेका ५२ जना सामान्य जाँच गरी घर फर्केका छन् ।

उनीहरुलाई आफू होम क्वारेन्टाइन बस्ने भनेकाले छाडिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । सुदूरपश्चिम प्रदेशभरि भारतसहित तेस्रो मुलुकबाट आएका करीब एक हजारलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका तीन हजार ६६० शय्याका क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप