शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाना नपाएपछि एक हप्तामा ४० लाख कुखुराको चल्ला खाल्डोमा पुरियो

व्यवसायीको चेतावनी : एक महिनामा हाहाकार हुन्छ
बुधबार, १९ चैत २०७६, १४ : २३
बुधबार, १९ चैत २०७६

काठमाडौँ । कृषिमा आत्मनिर्भर भएको एक मात्र उत्पादन अहिले संकटमा परेको छ । दैनिक तीन करोडको कारोबार हुने कुखुराको चल्लाका व्यवसायी पूर्ण अहिले पूर्ण रुपमा ठप्प छ । भएका चल्लाहरु पनि खाल्डोमा पुरिरहेका छन् । पछिल्लो एक हप्तामा मात्र ४० लाख कुखुराको चल्ला खाल्डोमा पुरिसकेका छन् ।

यसको मुख्य कारण हो, बजारमा कुखुरा व्यवसायी तथा किसानले ह्याचरी उद्योगबाट चल्ला खरिद नगर्दिनु । ‘भएका कुखुरा पनि खाल्डो खनेर गाड्नु बाहेक अरु कुने उपाय छैन, अनि चल्ला खरिद गरेर के गर्नु ?,’ किसानहरु भन्छन्, ‘भएको कुखुरा पनि बिक्री हुँदैन । त्यसलाई बचाउनका लागि दाना पनि छैन । कुखुरा सप्लायरहरु पनि केरोनाको त्रास देखाएर सस्तोमा मागिरहेका छन् । त्यसैले त्यसलाई खाल्डोमा पुर्नुबाहेक अरु कुनै उपाय छैन ।’

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले चल्ला उत्पादन पूर्णरुपमा बन्द भएको बताए । कुखुरा उत्पादन गर्ने किसानले चल्ला लिन बन्द गरेपछि भएका चल्लालाई पुर्ने र थप उत्पादन गर्ने काम बन्द भएको उनले बताए । ‘कुखुरा उत्पादन गर्ने किसानसँग अहिले सबभन्दा ठूलो समस्या भनेको दाना हो, दाना व्यावसायीले किसानलाई उधारोमा दाना दिइरहेका छैन  र किसानसँग अहिले नगद पैसा पनि छैन,’ विष्ट भन्छन् ।

कुखुरा बिक्री नभएको कारण किसानको हातमा नगद पैसा आएको छैन । केही किसानसँग बैङ्कमा पैसा भए पनि लिन जानसकेका छैनन् । त्यही भएर कुखुरा पाल्ने किसान चौतर्फी मारमा परेको उनी बताउँछन् । कुखुरा सप्लायरले पनि कोरोनाको त्रास देखाएर एकसय रुपियाँ केजीमा कुखुरा मागिरहेका छन् । कुखुरा उत्पादन संघका अध्यक्ष टंक पौडेलले अहिले त सप्लायरले सित्तैमा माग जस्तो गरिरहेको गुनासो गरे ।


सरकारले दाना तथा कुखुरा ढुवानीमा कुनै समस्या छैन भने पनि तर दानावालाले दाना दिन सकिरहको छैन । ‘निर्वाध रुपमा कुखुरा बेच्न लग्न पनि दिइरहेको छैन, अध्यक्ष पोखरेलले भने, ‘कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कुखुरा ढुवानीमा कुनै समस्या हुँदैन भन्छ तर बाटोमा प्रहरीले रोकिदिन्छ । गाडीको पास माग्छ । गाडी चलाउने अनुमति छैन भन्दै रोकिदिन्छन् ।’


दाङ, वीरगञ्ज, चितवन लगायतको ठाउँमा कुखुरा तयारी अवस्थामा रहेका छन् । तर, सप्लायरले लगिरहेको छैन । अबको एक दुईदिनमा लगिएन भने त्यसलाई पनि खाल्डोमा पुर्ने बाहेक कुनै उपाय नभएको पौडेलको भनाइ छ । किनभने कुखुरालाई बचाएर राख्न दाना पनि छैन ।

‘बिक्री नै छैन भन्दै सप्लायरले कुखुरा उठाउन मान्दैन । कसैले लगेपनि केजीको १०० रुपैयाँमा मागिरहेको उनले गुनासो गरे । अहिले बजारमा ३०–४० प्रतिशत कुखुरा पनि छैन । बजारमा भएका कुखुरा एक डेढ महिना चल्छ तर त्यसपछि ठूलै हाहाकार हुने अध्यक्ष पौडेलले बताए । ‘दानावालाले पहिला उधारो पनि दिन्थे । उधारो दिएर कुखुरा लग्थ्यो, दानाको पैसा काटेर अरु बाँकी पैसा तिर्थ्यो । तर अहिले एक पैसा उधारो दिन मान्दैनन्,’ उनले भने, ‘दाना विना कुखुरा व्यावसायी केही गर्ने अवस्था छैन ।

यता, दाना उद्योग संघका अध्यक्ष रवीन पुरी भने अहिले दाना नै नभएर दिन नसकिएको प्रतिकृया दिन्छन् । उनी भन्छन्, ‘अहिले नगदमा त दाना दिन सकिरहेको छैन, झन् उधारो दिने कुरै हुँदैन ।’ अबको १० दिनमा देशभरि नै दानाको हाहाकार हुने उनले चेतावनी दिए । उद्योग सञ्चालन गर्नका लागि कच्चा पदार्थ नभएको उनले बताए । ‘दाना उत्पादन गर्नका लागि मकै र भटमास भारतबाट ल्याउनुपर्छ, अहिले आयात पुरै ठप्प छ । अर्कोतिर कारखानामा काम गर्ने मजदुरहरु पनि आउन छाडेका छन्,’ उनले भने । मजदुरहरुलाई घरबाट नै निस्कन नदिइएको कारण उद्योग पनि सञ्चालनमा नरहेको उनले गुनासो गरे । ‘यसो मिलाएर एक दुईघण्टा चलाए पनि कच्चा पदार्थको अभाव हुन थालेको छ,’ उनले भने, ‘उद्योग नै पुरै बन्द भएपछि दानाको ठूलो समस्या हुन्छ ।’ कृषि क्षेत्रमा कुखुरा र अण्डामा देश आत्मनिर्भर थियो । तर, अबको एक डेढ महिनापछि ठूलो हाहाकार हुने पुरीले दावी गरे ।

ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेल भन्छन्, ‘अहिले हप्ताको ६० लाख केजीले कुखुरा उत्पादन कमी भएको छ । अब आफै विचार गर्नुस् पछि यसले कस्तो अवस्था सृजना गर्छ ।’ सरकारले दाना तथा कुखुरा ढुवानीमा कुनै समस्या छैन भने पनि तर दानावालाले दाना दिन सकिरहको छैन । ‘निर्वाध रुपमा कुखुरा बेच्न लग्न पनि दिइरहेको छैन, अध्यक्ष पोखरेलले भने, ‘कृषि तथा पशुपक्षि विकास मन्त्रालयले कुखुरा ढुवानीमा कुनै समस्या हुँदैन भन्छ तर बाटोमा प्रहरीले रोकिदिन्छ । गाडीको पास माग्छ । गाडी चलाउने अनुमति छैन भन्दै रोकिदिन्छन् ।’ ह्याचरी उद्योगमा चल्ला उत्पादन बन्द भएको छ । चल्ला नभए कुखुरा हुँदैन, कुखुरा नभए अण्डा । केही दिनमा यो क्षेत्रमा ठूलो हाहाकार हुने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप