अमेरिकाले नाकाबन्दी थपेपछि बोल्यो ईरान, ‘पछुतो गर्ने मौका पनि दिने छैनौँ’
ईस्लामिक गणतन्त्र दिवसका दिन इरानको इस्लामिक रिभोलुसन गार्डस् कर्प्सले विज्ञप्ती जारी गर्दै आफ्ना विरोधीहरुलाई चेतावनी दिएको छ । ‘कुनै पनि देशका कुनै भूभागमा इरानविरुद्ध आपराधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र विध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’
बुबार इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको ४१ औं वर्ष हो । तर अमेरिकी नाकाबन्दी सामना गर्नुपरेकाले इरानको आर्थिक अवस्था राम्रो छैन र अहिले इरान कोभीड–१९ सँग जुधिरहेको छ । यस्तो परिस्थितीमा सोमबार अमेरिकाले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिन लम्ब्याउने घोषणा गरेको थियो ।
तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भनेर यस्तो निर्णय गरिएको वासिङ्टनले जनाएको छ । इरानमा बुधबारसम्म ४४ हजार ६ सय ५ मा कोरोनाको संक्रमण फैलिएको छ र २८ सय ९८ को मृत्यु भएको छ । अमेरिकाको अवस्था अझै भयावह छ, यहाँ १ लाख ८८ हजारमा संक्रमण भइसकेको छ भने ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
स्रोत : तेहरान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी