अमेरिकाले नाकाबन्दी थपेपछि बोल्यो ईरानः ‘पछुतो गर्ने मौका पनि दिनेछैनौं’
एजेन्सी । ईस्लामिक गणतन्त्र दिवसका दिन इरानको इस्लामिक रिभोलुसन गार्डस् कपर््स्ले विज्ञप्ती जारी गर्दै आफ्ना विरोधीहरुलाई चेतावनी दिएको छ । ‘कुनै पनि देशका कुनै भू–भागमा इरानविरुद्ध आपराधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र विध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’
बुबार इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको ४१ औं वर्ष हो । तर अमेरिकी नाकाबन्दी सामना गर्नुपरेकाले इरानको आर्थिक अवस्था राम्रो छैन र अहिले इरान कोभिड–१९ सँग जुधिरहेको छ । यस्तो परिस्थितिमा सोमबार अमेरिकाले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिन लम्ब्याउने घोषणा गरेको थियो ।
तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भनेर यस्तो निर्णय गरिएको वासिङ्टनले जनाएको छ । इरानमा बुधबारसम्म ४४ हजार ६ सय ५ जनामा कोरोनाको संक्रमण फैलिएको छ र २८ सय ९८ को मृत्यु भएको छ । अमेरिकाको अवस्था अझै भयावह छ, यहाँ १ लाख ८८ हजारमा संक्रमण भइसकेको छ भने ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु