शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुडासैनी

बुधबार, १९ चैत २०७६, १२ : २०
बुधबार, १९ चैत २०७६

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामशरण पुडासैनी चयन भएका छन् । बुधबार अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले अर्थमन्त्री युवराज खतिवडाबाट कोषको अध्यक्षको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् । यसअघि चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको अध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

यसअघि कायम मुकायम सचिव रहेका पुडासैनीलाई सोही बैठकले सचिवमा बढुवा गर्न निर्णय समेत गरेको थियो । सोसँगै उनलाई कोषको अध्यक्षको जिम्मेवारी दिइएको हो ।  कोषको अध्यक्षमा सरकारले तोकेको कुनै एकजना व्यक्ति हुनसक्ने प्रवाधान रहेको भएपनि यसमा बहालबाला सचिवलाई नै त्यससको जिम्मेवारी दिने गरिएको छ । यसअघि राजश्वसचिव रहँदा शिशिरकुमार ढुंगाना सो पदमा थिए । अहिले उनी अर्थसचिवको रुपमा सरुवा भइसकेका छन् । 

ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा हुँदा समेत उनी नै कोषको अध्यक्षको जिम्मेवारीमा थिए । उनी पछि फेरि राजश्वसतिव बनेर अर्थ मन्त्रालयमा फर्किए । अर्थसचिव राजन खनालको अवकाशपछि भने उनलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो । नयाँ राजश्व सचिव आएसँगै उनलाई जिम्मेवारी दिन ढुंगानाले यसअघि कोषको अध्यक्षबाट राजीनामा दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप