थाइल्याण्डमा दुई हजार हात्तीको ज्यान संकटमा, भोकै मर्न बाध्य
बुधबार, १९ चैत २०७६, ११ : ५५
कोरोना भाइरसको संक्रमणका कारण थाइल्याण्डमा पर्यटन क्षेत्रमा काम गर्ने करिब दुई हजार हात्तीको जीवनमा संकट छाउन थालेको छ । यात्रा प्रतिबन्धका कारण पर्यटक त्यहाँ नपुग्दा मालिकलाई हात्तीको खान पिनमा नै समस्या हुन थालेको छ । पर्याप्त खानाको कमीका कारण यी हात्तीको स्वास्थ्य खराब हुँदै गइरहेको छ । वन्यजीव कार्यकर्ताले हात्ती भोकभोकै मर्ने स्थितीमा पुगेको जानकारी दिएका छन् ।
थाइल्याण्डमा कोरोना भाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । थाइल्याण्डको सरकारले बुधबार १२० नयाँ कोरोना संक्रमित र दुईजनाको मृत्यु भएको पुष्टि गरेको छ । सरकारको सेन्टर फर सिओवीआइडी–१९ सिचुएशन एडमिनिस्ट्रेशनका एक प्रवक्ताले यसको जानकारी दिए । नयाँ आँकडा अनुसार यो दक्षिण पूर्व एशियाली देशमा संक्रमणको कूल संख्या १७७१ पुगिसकेको छ भने १२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम