बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीको रगतले जोगियो सुत्केरीको ज्यान

बुधबार, १९ चैत २०७६, ११ : ५१
बुधबार, १९ चैत २०७६

डोटी । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन् । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो ।
 
अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मङ्गलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । उनका अनुसार गणपति बुढामगरले एक प्रिन्ट ‘बी पोजेटिभ’ रगत प्रदान गरेका थिए । जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप