शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुसँगको भिडियो सार्वजनिक गर्दै हमालले लेखे ‘तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल’

बुधबार, १९ चैत २०७६, ११ : ३०
बुधबार, १९ चैत २०७६

काठमाडौँ । सरकारले गरेको लकडाउनमा हाम्रा कलाकारहरु घरमै बसेर समयको सदुपयोग गरिरहेका छन् । यो समय कोही घरमा पुस्तक पढेर बिताइरहेका छन्, भने केही नयाँ गीतसंगीत सृजनामा लागेका छन् । कतिपय कलाकार नेपाली र बलिउडका फिल्म हेर्दै आफ्नो समय बिताइरहेका छन् ।

यस्तैमा यो लकडाउनको समय महानायक राजेश हमाल भने पत्नी मधुसँग रमाइरहेका छन् । हमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा राजेशको मधुसँग मस्ती मुड देख्न सकिन्छ ।

लकडाउन सुरु हुनु केही दिन अगाडि देखि ‘होम क्वारेन्टाइन’मा रहेका राजेशले पत्नि मधुसँगको केही तस्बिर समेत सार्वजनिक गरेका छन् ।

तस्बिरका साथ उनले लेखेका छन् ‘तिमी मेरो हिरोइन । म तिम्रो राजेश हमाल । हाहा !

राजेश पछिल्लो समय चलचित्र अभिनयमा नदेखिएको धेरै भयो । चलचित्र अभिनयबाट बिस्तारै हराउँदै गएका हमाल मेलामहोत्सवमा भने निकै व्यस्त हुन थालेका थिए ।

Posted by Rajesh Hamal on Monday, March 30, 2020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप