शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा नेता तामाङद्वारा घरभाडा निलने घोषणा

बुधबार, १९ चैत २०७६, ११ : २४
बुधबार, १९ चैत २०७६

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागमती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तेम्बा तामाङले आफ्नो घरमा भाडामा बस्दै आएका र व्यवसाय सञ्चालन गर्दै आएकाहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् । 

सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरेकोसँगै तामाङले पनि चैत महिनाको एक महिनाको घरभाडा नलिने निर्णय लिएका हुन् । 

मानवीय संवेदना र सहकारको आग्रहलाई पालना गर्दै आफूले काठमाडौंस्थित घरको दुई फ्लाइटमा भाडामा बस्दै आएकाको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको उनले बताए । 

रसुवाका स्थायी बासिन्दा उनले स्याफ्रुबेसीमा रहेको घरको सटर भाडामा लिइ व्यवसायी गर्नेहरुबाट पनि एक महिनाको भाडा नलिने बताएका छन् । पारिवारिक सल्लाह गरेर आफू सो निर्णयमा पुगेको उनले बताए । 

आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै एक महिनाको भाडा मिनाह गर्न घरबेटीहरुलाई आग्रह गरेको थियो । 

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप