कोरोना संक्रमण परीक्षणका लागि र्यापिड किट प्रयोग नगर्न आग्रह
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो।
‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमारिपोर्ट गलत आउने गरेको पाइएका छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न लायक नभएको निक्र्योल गरेको अवस्था छ,’स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा.खेम कार्कीले भने, ‘यसको प्रयोगमा विश्वभरि समस्या आएको पाइएपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अनुमति नदिएको हो।’
सरकारले निःशुल्क कोभिड–१९ को जाँच गरिरहेकै बखत भरपर्दो नभएको ¥यापिड किट प्रयोगको माग गर्ने र गराउने दुवैले नियम उल्लंघन गरेको मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रोशन पोखरेलले बताए। यस्तो किटको प्रयोगले बिरामी दुई तरिकाले ठगीमा पर्ने र त्यसको असर समुदायमा समेत पर्ने उनको भनाइ छ। एकातिर सरकारले दिएको सुविधाबाट वञ्चित हुने, अर्कोतिर यस्तो परीक्षणबाट गलत रिपोर्ट आउने हुनाले व्यक्ति र समुदाय दुवैमा असर पर्ने उनले बताए। नागरिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?