गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने
बुधबार, १९ चैत २०७६, ०८ : ४७
गुगलले यस वर्ष ‘मुर्ख दिवस’ नमनाउने भएको छ । कोभिड–१९ को महामारीका बीच गुगलले आफू गम्भीर रहने बताउँदै यस्तो निर्णय गरेको हो ।
बिजनेस इन्साइडरले गुगलका म्यानेजरलाई लेखिएको आन्तरिक पत्रलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
‘कोभिड–१९ महामारीसँग लडिरहेका प्रत्येक व्यक्तिको सम्मानका लागि यस वर्ष हाम्रो परम्परालाई स्थगित गरौं । हाम्रो सबैभन्दा ठूलो उद्देश्य भनेको मानिसहरुलाई सकेसम्म सहयोग गर्नु हो । त्यसकारण हाम्रो ठट्टा अर्को वर्षको अप्रिलसम्मका लागि जोगाएर राखौं,’ गुगलका मुख्य बजार अधिकारी लोरेन टुहिलले बताए ।
टुहिलले कम्पनीले आफ्नो ठट्टा गर्ने परम्परा अर्को वर्षदेखि लागू गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ