बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाकाे असर : प्रसुतिगृहको बहिरङ्ग सेवा बन्द हुँदा गर्भवती, सुत्केरीलाई सास्ती

‘लकडाउनको एक हप्ताको अवधिमा पनि प्रसुतिगृहमा दैनिक ६५ देखि ७० जना महिला सुत्केरी’
बुधबार, १९ चैत २०७६, ०७ : २६
बुधबार, १९ चैत २०७६

कोरोनाभाइरस (कोभिड १९) संक्रमणको मनोवैज्ञानिक त्रास प्रायः सबैमा छ । संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएर संक्रमण हुन सक्ने सम्भावनाभन्दा पनि यतिबेला संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चालिएका केही प्रतिबन्धात्मक कदमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढाउन थालेको हो ।

यतिबेला सामान्य रोगको उपचारमा समेत प्रतिबन्धको अवस्था छ । अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा बन्द छन् । त्यसबाट नेपालकै सबैभन्दा ठूलो र जटील समस्याहरु आउँदा देशभरिबाटै  सिफारिश गरेर पठाइने थापाथलीस्थिति प्रसुति गृह भनेर चिनिने परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल पनि अछुतो छैन । परिणामस्वरुप प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा बहिरङ्ग सेवा बन्द छ । जसका कारण गर्भवती भएका अनि सुत्केरी हुने मिति नजिकिदैँ गरेका महिलाहरुमा मनोवैज्ञानिक त्रास बढी नै देखिन्छ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा बहिरङ्ग विभागमा सामान्यतया दैनिक दुई सयभन्दा बढी महिला सेवा लिन आउने गर्दथे । तर ‘लकडाउन’ र कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका प्रतिबन्धात्मक आदेशका कारण हाल बहिरङ्ग सेवामा आउने बिरामी प्रभावित भएका छन् ।

अतिआवश्क परेको खण्डमा गर्भवती महिलालाई सेवा दिइरहेको अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतम बताउँछन् । ‘इमर्जेन्सी सेवा खुल्ला छ,’ उनले भने, ‘गर्भवती महिलालाई अति आवश्यक परेको खण्डमा जनरल सेवा पनि संचालन गरेका छौँ ।’


अतिआवश्क परेको खण्डमा गर्भवती महिलालाई सेवा दिइरहेको अस्पतालका प्रमुख डाक्टर जागेश्वर गौतम बताउँछन् । ‘इमर्जेन्सी सेवा खुल्ला छ,’ उनले भने, ‘गर्भवती महिलालाई अति आवश्यक परेको खण्डमा जनरल सेवा पनि संचालन गरेका छौँ ।’

लकडाउनको कारण प्रसुति गृहमा सुत्केरी गराउने सेवामा प्रभाव नपरेको अस्पतालका निर्देशक डाक्टर गौतम बताउँछन् । प्रसुति गृहले दैनिक औसत ७० जनालाई सुत्केरी गराउँदै  आएको छ । लकडाउनको एक हप्ताको अवधिमा पनि दैनिक ६५ देखि ७० जना महिला सुत्केरी गराएको प्रमुख डाक्टर गौतम बताउँछन् ।

अस्पतालमा ३० प्रतिशतले अप्रेशन र ७० प्रतिशत सामान्य तरिकाबाटै प्रसुति हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाको संक्रमण रोक्नका लागि उपत्यकालगायत देशका विभिन्न अस्पतालहरुले नियमित रुपमा आउने बिरामीलाई घरबाटै स्वास्थ्यकर्मीसँग टेलिफोनमार्फत परामर्श लिन निर्देशन दिएका छन् ।

सोही क्रममा प्रसुति गृहमा चेकजाँचका लागि आउने गर्भवती र बिरामी महिलालाई स्वास्थ्यकर्मीले दिएको औषधि घरमै बसेर सेवन तथा आराम गर्न सल्लाह दिएको उनले उनले बताए । गर्भवतीलाई अतिआवश्यक समस्या परेको खण्डमा मात्र अस्पताल आउन उनले आग्रह गरे ।

अन्य अस्पतालहरुले कोरोनाभाइरसको लक्षण देखिएमा मात्र परीक्षण तथा उपचारका लागि अस्पताल आउन आग्रह गरे पनि गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएमा प्रसुति गृहमा उपचार हुँदैन ।

गर्भवतीमा मनोवैज्ञानिक समस्या

गर्भवतीमा कोरोनाभाइरस संक्रमणको महामारीका कारण मनोवैज्ञानिक समस्या आउन सक्छ । त्यसैले परिवारको भूमिका महत्वपूर्ण रहन्छ ।

प्रसुति गृहको बहिरङ्ग सेवा लिने गर्भवतीले कोरोना संक्रमणको लक्षण नदेखिए पनि त्रसित भएर फोन गर्ने गरेको अस्पतालले जनाएको छ । त्रसित भएर तथा सामान्य समस्या भएर फोन गर्ने गर्भवतीलाई नियमित रुपमा स्वास्थ्यकर्मीले दिएको औषधि खान, घरबाहिर ननिस्कन, भिटामिन, आइरन, क्याल्सियमयुक्त खाने खानेकुरा खान अस्पतालले सुझाव दिदैँ आएको छ ।


प्रसुति गृहको बहिरङ्ग सेवा लिने गर्भवतीले कोरोना संक्रमणको लक्षण नदेखिए पनि त्रसित भएर फोन गर्ने गरेको अस्पतालले जनाएको छ । त्रसित भएर तथा सामान्य समस्या भएर फोन गर्ने गर्भवतीलाई नियमित रुपमा स्वास्थ्यकर्मीले दिएको औषधि खान, घरबाहिर ननिस्कन, भिटामिन, आइरन, क्याल्सियमयुक्त खाने खानेकुरा खान अस्पतालले सुझाव दिदैँ आएको छ ।


गर्भवतीलाई नआत्तिन आग्रह गर्दै अस्पतालले उनीहरुका परिवारका सदस्यलाई पनि यस्तो समयमा गर्भवतीको विशेष हेरचाह गर्न तथा साथ सहयोग प्रदान गर्न सुझाव दिएको छ ।

गर्भवती र सुत्केरीलाई सवारीको समस्या

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा   सुत्केरी गराउन आउने तथा सुत्केरी गराएर फर्कने महिलाहरुलाई ‘लकडाउन’ का कारण समस्या  देखिएको अस्तालका प्रमुख डाक्टर गौतम बताउँछन् ।

‘अस्पतालको सवारीसाधन उपलब्ध हुँदासम्म सुत्केरीलाई पुर्‍याउछौँ,’ उनले भने, ‘सबै सुत्केरीलाई अस्पतालको सवारीले सेवा दिन सम्भव हुँदैन ।’

सुत्केरी गराउन अस्पताल आउन र जानका लागि सवारी साधन अभावका कारण पनि समस्या सिर्जना भएको उनले बताए ।

आवश्यकताअनुसार रगत

कोरोनाभाइरसले महामारीको रुप लिएसँगै अस्पतालहरुमा रगतको अभाव भएको छ । प्रसुति गृहले भने  शल्यक्रियाका लागि रगतको अभाव हुन दिएको छैन ।

शल्यक्रिया गर्ने बिरामीलाई आवश्यकताअनुसार रगत उपलब्ध गराएको रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहालले बताए । ब्लडको अभाब भएको बेलामा रक्तदान गर्न इच्छुक व्यक्तिलाई सम्पर्कमा ल्याएर भए पनि लकडाउनका बाबजुद रगत अभाव हुन नदिएको उनले बताए ।

प्रसुति गृहमा आएका बिरामीका लागि चाहिने ब्लड केही दिनका लागि पुग्ने गरी मौज्दात रहेको समेत उनले बताए ।

उपत्यकाका सरकारीदेखि निजी अस्पतालमा उपचार गराउने क्रममा प्रायः रगतको अभाव हुँदा बिरामीका आफन्त धाउने ठाउँमध्येको एक हो थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको रक्तसञ्चार विभाग । तर हाल लकडाउनको समयमा पहिलाजस्तो अन्य अस्पतालका बिरामीलाई विभागबाट मागेजति रगत उपलब्ध गराउन नसकेको उनले बताए ।


उपत्यकाका सरकारीदेखि निजी अस्पतालमा उपचार गराउने क्रममा प्रायः रगतको अभाव हुँदा बिरामीका आफन्त धाउने ठाउँमध्येको एक हो थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको रक्तसञ्चार विभाग । तर हाल लकडाउनको समयमा पहिलाजस्तो अन्य अस्पतालका बिरामीलाई विभागबाट मागेजति रगत उपलब्ध गराउन नसकेको रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहालले बताए ।


हाल अस्पतालहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द रहेका कारण पनि ५० प्रतिशत ब्लडको माग घटेको उनले बताए । यसका बाबजुद कोरोना संक्रमणका कारण रक्तदानका कार्यक्रम नियमित हुन नसक्दा रगतको पनि अभाव नै छ । क्यान्सरका बिरामी, डायलासिस गर्नुपर्ने बिरामी र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ब्लड नभई हुँदैन । त्यसैले रक्तदान गर्न इच्छुक व्यक्ति खोजेर भए पनि रगत अभाव हुन नदिएको इन्चार्ज दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप