शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ६० करोड

मङ्गलबार, १८ चैत २०७६, १९ : ३६
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए । 

यसअघि, पुस १५ गते प्रथम किस्तास्वरुप एनसेलले ४ अर्ब ५० करोड रुपैंया बुझाएको थियो ।  यो रकमसँगै एनसेलबाट पुँजीगत लाभकर स्वरुप ९ अर्ब १० करोड रुपैंया भुक्तानी भएको छ । 

सर्वोच्च अदालतले एनसेललाई २२ अर्ब ४५ करोड रुपैंया भुक्तानी गर्नुपर्ने गरी पुँजीगत लाभकर निर्धारण गरेको थियो । यो लाभकर रकमलाई स्वीकार गरेको एनसेलले उक्त कर तिर्न किस्ता सुविधा माग गरेको थियो । 
एनसेलको प्रस्तावलाई औपचारिक रुपमा स्वीकार नगरे पनि अर्थ मन्त्रालयको निर्देशनपछि ठूला करदाता कार्यालयले किस्तामा तिरिएको रकम बुझेको थियो ।

एनसेलले अझै १४ अर्ब ४० करोड रुपैंया बुझाउन बाँकी रहेको प्रमुख कर प्रशासक अधिकारीले जानकारी दिए । यो कर निर्धारण गरेको दिनदेखिको १५ प्रतिशत ब्याज सहितको रकम हो । यो रकम सिस्टम आफैंले निर्धारण गर्ने उनको भनाइ थियो । 

‘बाँकी रकम लकडाउन खुल्नेबित्तिकै तिर्न हामीले भनेका छौं । सिस्टमले चैत मसान्तसम्म उक्त रकम तिरे थप ब्याज जोड्दैन । उहाँहरुले पनि बैंकबाट ऋण मिलाउँदै गरेकोले ऋण स्वीकृत हुनेबित्तिकै बुझाउँछौं भन्नुभएको छ’ अधिकारीले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप