मेरो देशको नागरिकता
मसंग छ एक थान
मेरो देशको नागरिकता
जसमा टांसिएको छ
मेरोे पुरानो पानी फोटो
मेरो उमेर
मेरो ठेगाना
सबै छ
मसंग एक थान छ
मेरो देशको नागरिकता
मलाइ थाहा थियो
मेरो देशको नागरिकता
भोट दिँदा काम लाग्दैन
मेरो नाममा कुनै अनागरिकले
मेरो नाममा भोट हालिसकेको हुन्छ
मलाइ थाहा थियो
मेरो नागरिकता
अनिकालमा काम लाग्दैन
मेरो नाममा अरु कसैले अनाज
गोदाम गरिसकेको हुन्छ
मेरो नागरिकता
अस्पतालमा काम लाग्दैन
मेरो नागरिकताको नम्बर
हालेर पाइने औषधि
स्टोरकिपरले
आफैलाइ बांडीरहेको हुन्छ
मलाइ थाहा थियो
मेरो देशले मेरो गाँस बासको
जिम्मेवारी लिँदैन
मलाइ थाहा थियो
मेरो देशले मेरो
मेरो शिक्षा र सुरक्षाको जिम्मा लिँदैन
देश बाहिर त धेरै पटक
एक गाँसकै लागि
अनागरिक भएको छुं
फालेर मेरो देशको परिचय
शरणार्थी भएको छुँ
नाघेको छुँ ठूला जंगलहरु
चौडा नदीहरु
जिन्दगी ?
यसलाई फालेको छुँ पटक पटक
अरबपतिहरुको आँगनमा
मलाई के गारा
यो महाकाली तरेर देश फर्कन
म त आएं सजिलै
बोकेर नागरिकता
मलाइ थाहा थिएन
यही नागरिकता
मेरो देश सम्झेर फर्कंदा
पक्राउ पर्ने चिर्कटो हुनेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने