शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : आइसोलेसनमा रहेका १७ मध्ये शंकास्पद ८ को रिपोर्ट नेगेटिभ

मङ्गलबार, १८ चैत २०७६, १८ : ५०
मङ्गलबार, १८ चैत २०७६

जनकपुर ।  प्रदेश २ मा कोरोना भाइरस संक्रमितको आशंकामा आइसोलेसनमा भर्ना गरिएकाहरुको रिपोर्ट आउन थालेको छ । उनीहरु सबैको परिक्षणपछि आएको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नम्बर २ को विभिन्न स्थानको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित आशंकामा रहेका विरामीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो ।

भारतको जयपुर र अम्बालाबाट फर्केपछि ज्वरो र रुघाखोकी लाग्दा शनिबार प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. विजय कुमार झाले जानकारी दिए ।

त्यस्तै विरगंजस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका ५ जनाको रिपोर्ट समेत नेगेटिभ देखिएको उनले जनाए ।

रौतहटको चन्द्रनगर नगरपालिका स्थित चन्द्रपुर होस्पिटल प्रालिमा आइसोलेसनमा रहेका ३ जनाको स्वाब परीक्षणको लागि चैत १४ गते र चैत १६ गते काठमाडौँ पठाइएको थियो ।

तीन चरणमा पठाइएको रिपोर्टहरु मध्ये ८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ रहेको देखिएको डा. विजयकुमार झाले जनाए ।

वरिष्ठ अधिकृत डा. विजय कुमार झाकाअनुसार तीन चरणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको नमूनाको रिपोर्ट आएको र  जसमध्ये अहिलेसम्मको रिपोर्टमा८ जनाकै नेगेटिभ आएको हो ।

यअघि चन्द्रपुरमा भर्ना भएकाहरुको रिपोर्ट आएको छैन । मगलबार फेरी ४ जना थप शंकास्पद बिरामी प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना भएका छन् । उनीहरु नमुना परीक्षणका लागि काठमाडौ पठाइएको छ ।

यता प्रदेश नम्बर २ का विभिन्न जिल्लाका क्वारेन्टाइनमा ५ सय ४ जना रहेका छन् । घरकै होम क्वारेन्टाइनमा रहेकाहरु १ सय ५१ र आइसोलेसनमा ९ जना रहेको वष्ठि अधिकृत डा. विजयकुमार झाले बताए । उनले प्रदेश भरमा ९९ वटा क्वारेन्टाइन स्थल र ६९ वटा आइसोलेसन कक्ष संचालनमा रहेको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप