बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाबाट जादुको चक्की आउने झुटो प्रतिक्षा नेपालले नगरोस्

मङ्गलबार, १८ चैत २०७६, १८ : ४३
मङ्गलबार, १८ चैत २०७६

तपाईंको देशमा चार दशकभन्दा लामो समय बिताउने क्रममा मैले अमेरिकाप्रति तपाईंहरु जति आशक्त अर्को भेटिनँ । मैले चिनेका सबैजना आफ्नो छोराछोरीलाई अमेरिका पठाउन चाहन्छन् । 

तपाई‌ंहरु सिधै अमेरिकाबाट आइफोन मगाउनुहुन्छ, न्युर्योक टाइम्स र सीएनएनका समाचार कोट गर्नुहुन्छ, गाउँलेहरु समेत फेसबुकलाई समाचारको विश्वसनीय स्रोत ठान्छन्, काठमाडौंवासीहरु स्टारबक्स र पिज्जा हटको उत्पादनलाई समर्थन गर्छन् । एउटै अपवाद हिन्दी सिनेमा हुनसक्छ, जो भारतबाट आउँछ ।


तपाई‌ंहरु सिधै अमेरिकाबाट आइफोन मगाउनुहुन्छ, न्युर्योक टाइम्स र सीएनएनका समाचार कोट गर्नुहुन्छ, गाउँलेहरु समेत फेसबुकलाई समाचारको विश्वसनीय स्रोत ठान्छन्, काठमाडौंवासीहरु स्टारबक्स र पिज्जा हटको उत्पादनलाई समर्थन गर्छन् । एउटै अपवाद हिन्दी सिनेमा हुनसक्छ, जो भारतबाट आउँछ ।


अर्कोतर्फ अमेरिका पनि नेपालका कारण भाग्यमानी छ । हामी तपाईंहरुको चमक, भिक्षुले लगाउने कपडा, हिन्दू परम्परा र संस्कार र तपाईंको हिमालय छेउमा हामीलाई स्वागत गर्ने शान्त मानिसको प्रशंसक हौं । तपाईंको विशेष इमानदारीताको तारिफ गर्दै ( सायद, ऐतिहासिक गोर्खा–बेलायती गठबन्धनमा आधारित) अमेरिकाले ढोका खोलेर नेपालीको स्वागत गर्छ । 

तपाईंको चमककै कारण तपाईका औद्योगिक कामदार र बौद्ध गुरु तथा ६ हजार भूकम्पपीडित (२०१५ को टिपिएस भिसाअनुसार जबकी धेरै दाबी झुठा थिए) ले गत वर्ष अमेरिकामा भिसा बढाउन पाए  ।

राजनीतिक रुपमा नेपाल अनौठोगरी घरभित्रै सन्तुष्ट छ । इतिहासको अधिकांश कालखण्ड तपाईंहरुलाई राजाले प्रत्यक्ष शासन गरे । कहिल्यै विदेशीको कब्जामा नपरेका तपाईंहरु १० वर्षे माओवादी सशस्त्र युद्धपछि दमनकारी राजतन्त्रबाट मुक्त हुनुभयो । 

बारबरा निम्री अजिज https://upload.wikimedia.org

तपाईंहरुले बहुदलीय सहभागितासहितको गणतन्त्र घोषणा गर्नुभयो । प्रजातान्त्रिक संविधान जारी भएपछि २०१५ मा मार्क्सवादी÷लेलिनवादी पार्टी सत्तामा आयो । यस प्रक्रियामा केहीको मृत्यु भयो, बाँकी ठूलो अपेक्षासहित अगाडि बढे । राजतन्त्रको अन्त्य, बिस्तारित प्रेस स्वतन्त्रता, चलायीमान पर्यटन उद्योग र विदेशी सहयोगको इन्जेक्सनका बाबजुद तपाईंको देशको अर्थतन्त्र कहिल्यै सुधार हुन सकेन, तपाईंहरुबीचको वर्गीय असमानता कहिल्यै सम्बोधन भएन । 

कुलीनहरु जरो गाडेरै बसिरहे, विभेद, भ्रष्टाचार बढ्यो । आजका मितिमा भ्रष्टाचारको अवस्था अहिलेसम्मकै खराब छ । आधिकारिक रुपमा धर्म निरपेक्ष भएपनि तपाईंको देशमा मन्दिर र धर्म संस्कृतिमा लगानी बढ्दो छ, माथिल्लो जातिले फाइदा लिइहेका छन् ।

अर्थतन्त्र क्षतिग्रस्त छ । नयाँ राजाहरु धन पिइरहेका छन्, प्रशासन भ्रष्टाचारले मोटाउँदैछ । यता, आम जनता वैदेशिक रेमिट्यान्समा निर्भर छन् । ५० देखि ७० लाख बेरोजगार छन्, २ करोड ८० लाख जनतामध्ये ठूलो हिस्साले मलेसिया र खाडी राष्ट्रमा काम गर्छन् ।  अमेरिकाको खुला ढोका र नेपालमा कार्यरत दयालु विदेशी निकायका कारण यो अवस्थामा केही सहयोग मिलेको छ । 


अर्थतन्त्र क्षतिग्रस्त छ । नयाँ राजाहरु धन पिइरहेका छन्, प्रशासन भ्रष्टाचारले मोटाउँदैछ । यता, आम जनता वैदेशिक रेमिट्यान्समा निर्भर छन् । ५० देखि ७० लाख बेरोजगार छन्, २ करोड ८० लाख जनतामध्ये ठूलो हिस्साले मलेसिया र खाडी राष्ट्रमा काम गर्छन् ।  अमेरिकाको खुला ढोका र नेपालमा कार्यरत दयालु विदेशी निकायका कारण यो अवस्थामा केही सहयोग मिलेको छ । 


तपाईं र तपाईको सरकारले कोभिड–१९ पीडितको उपचार गर्ने निर्देशिका र औषधिसहित विदेशी आउँछ भनेर प्रतिक्षा गरेको थियो । तर उल्टै, विदेशमा जागिर कटौती गरेर नेपाल फर्काइएका तपाईंका छोराछोरी वा दाजुभाइको लहरसँगै यो महामारी र यसबारेको सचेतना आएको छ । यो आगमन बारी बाझै छाड्दा कृषि उत्पादनमा आएको गिरावटबाट सिर्जित पैसाको निर्भरता विपरित छ । आयात गरिएका खाद्यान्न तथा अन्य आवश्यक सामाग्री र एनजीओसँग गरिने सहयोगको थप माग विपरीत छ ।

१५ मार्चसम्म नेपालमा एकैजनामा मात्रै कोरोना संक्रमण देखिएको थियो– यो तथ्यलाई कुनै नेपालीले स्वीकारेका भने छैनन् । 

नेपाल सरकार (विदेशीको सोचमा न ऋणमा छ, न गरिब नै) लाज पचाएर भ्रष्टाचारमा डुबेको छ र गैरजिम्मेवार छ । त्यसैले संक्रमण पहिचान गर्न र महामारी रोकथाममा उसले देखाएको उदासिनता तपाईंलाई अनौठो लागिरहेको छैन । तपाईंहरुमध्ये म केहीसँग साप्ताहिक रुपमा कुरा गरिरहेकै हुन्छु, उनीहरुका अमेरिकी नेतृत्वझैं निर्बल भएर नेपालले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । 


नेपाल सरकार (विदेशीको सोचमा न ऋणमा छ, न गरिब नै) लाज पचाएर भ्रष्टाचारमा डुबेको छ र गैरजिम्मेवार छ । त्यसैले संक्रमण पहिचान गर्न र महामारी रोकथाममा उसले देखाएको उदासिनता तपाईंलाई अनौठो लागिरहेको छैन । तपाईंहरुमध्ये म केहीसँग साप्ताहिक रुपमा कुरा गरिरहेकै हुन्छु, उनीहरुका अमेरिकी नेतृत्वझैं निर्बल भएर नेपालले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेको छ । 


तपाईंले समय खेर फाल्दै हुनुहुन्छ, खराब व्यवस्थापनमा अभ्यस्त हुनुहुन्छ र अमेरिकाबाट जादुको चक्की आउने झुटो प्रतिक्षा पनि गरिरहनु भएको छ । 

२८ मार्चसम्म केवल ५ जना संक्रमित भएको घोषणा गरिएको छ, फेरि पनि यसले जनतामा अविश्वास पैदा गरेको छ । अमेरिकी आदेश स्वीकार्न आफ्ना नागरिकमाथि अहिले लकडाउन लादिएको छ, यो समय राजतन्त्रको विरोधमा जसरी तपाईं आफ्नो मागलाई सडकमा पनि ल्याउन सक्नुहुन्न । 

अमेरिकी नेतृत्वले भर्खरै महामारीको पीडा बुझेको छ र क्षति नियन्त्रणका लागि ढिलै भएपनि उसले असिमित स्रोत प्रयोग गर्नसक्छ, नेपाल पनि बिस्तारै यस्तै अवस्थामा पुग्दैछ तर स्रोत–साधनको अभाव छ । 
मसँगको कुराकानीका क्रममा तपाईंहरु आफ्नो सरकारसँग होइन, अमेरिका वा अन्य विदेशी निकायसँग स्तब्ध भएको पाउँछु । आफ्नो नायकको दानवीय रुपको साक्षी बन्नुपर्दा तपाईंहरु आश्चर्य र स्तब्ध बनेको हुनुपर्छ । 

यदि कोही तपाईंको उद्धारमा आउँछ भने मेरो बुझाइमा त्यो चीन हुनसक्छ । तपाईंको उत्तरी छिमेकी र प्रतिवद्ध सहयोगी । बेइजिङले २०१५ को भूकम्पमा गरेको सहयोग छिटो, प्रभावकारी र अतुलनीय थियो । चीनले केही हदसम्म तपाईंहरुको भारतमाथिको परम्परागत निर्भरता सन्तुलित बनाउन पनि अहिले धेरै भौतिक पूर्वाधार परियोजना सञ्चालन गरिरहेको छ । 


तपाईंले देख्नुहुन्छ, हरेक सरकार आफ्नै स्वास्थ प्रणालीबाट माथि उठ्न प्रयत्नरत छन् । यदि कोही तपाईंको उद्धारमा आउँछ भने मेरो बुझाइमा त्यो चीन हुनसक्छ । तपाईंको उत्तरी छिमेकी र प्रतिवद्ध सहयोगी ।
बेइजिङले २०१५ को भूकम्पमा गरेको सहयोग छिटो, प्रभावकारी र अतुलनीय थियो । चीनले केही हदसम्म तपाईंहरुको भारतमाथिको परम्परागत निर्भरता सन्तुलित बनाउन पनि अहिले धेरै भौतिक पूर्वाधार परियोजना सञ्चालन गरिरहेको छ । 

भर्खरै मात्र पनि अहिलेको संकटलाई ध्यानमा राखेर चीनले काठमाडौंमा सहयोग पठाएको छ । यसले तत्कालका लागि  तपाईंको सरकारको अक्षमता ढाकछेप गर्नेछ । दीर्घकालमा संसारकै धनी देश बन्ने तपाईंहरुको कल्पना कमजोर हुनेछ । 

तपाईंहरु एक्लो हुनुहुन्न । संसारले अहिले ह्वाइटहाउसमा बसेका व्यक्तिको उदांगो अनुहारमा वैश्विक दमनकर्ताको झल्को पहिल्यै पाइसकेको  छ। 

रोग प्रतिरोधी क्षमताप्रतिको विश्वास सायद तपाईंहरुमा अमेरिकीभन्दा ज्यादा छ, महामारीको अव्यवस्थित प्रतिक्रिया र कमजोर उपकरणसहितको स्वास्थ प्रणाली पनि ।

यो नेपालले नयाँ नीतिबारे सोच्नुपर्ने समय हो, चीनप्रति ज्यादा निर्भरता बढाउने होइन, बरु क्युवा वा भियतनामको मोडलजस्तो स्रोत–साधन सम्पन्न र आत्मनिर्भर नीति बनाउनुपर्ने आवश्यकता छ । सम्भवत, मार्क्सवादी सरकारका लागि यो तर्कसंगत कदम पनि हुनसक्छ, तपाईंलाई त्यस्तो लाग्दैन ?

( एन्थ्रोपोलोजिस्ट तथा लेखिका बारबरा निम्री अजिज १९६९ देखि नेपालमा अनुसन्धानमा सक्रिय छिन् ।  गत डिसेम्बरमा मात्रै नेपालबाट अमेरिका पुगेकी उनको यो आलेख ग्लोबल रिसर्चमा मा प्रकाशित छ ।

भावानुवादः अन्वेषण अधिकारी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बारबरा निम्री अजिज
बारबरा निम्री अजिज
लेखकबाट थप