शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थानकोटमा मृत अवस्था महिला फेला, पिपिईसहित प्रहरी घटनास्थलमा

मङ्गलबार, १८ चैत २०७६, १८ : ३३
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । चन्द्रागिरि नगरपालिका  सरस्वती मन्द्रिरवाट २०० मिटर  नजिक एक महिला मृत अवस्थामा भेटिएकी छिन् । धादिङ घर भएकी अन्दाजी ४४–४५ वर्ष उमेरकी  महिला मृत अवस्थामा भेटिएकी हुन् ।  उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएको पुष्टि गरे । डीएसपी श्रेष्ठका अनुसार घटना स्थलमा पिपिई सहित प्रहरी प्रहरीले  मृतकलाई पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले मृतकबारे थप अनुसन्धान भइरहेको जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप