बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको आशंकामा ओखलढुङ्गाका २ युवतीलाई आइसोलेसनमा राखियो

मङ्गलबार, १८ चैत २०७६, १८ : १०
मङ्गलबार, १८ चैत २०७६

-रामहरि श्रेष्ठ 
ओखलढुङ्गा । कोरोना भाईरस (कोभिड–१९ )को आशंकामा ओखलढुंगाका दुईजना युवतीलाई आईसोलेसनमा राखिएको छ । केही समयअघि इन्डियाबाट ओखलढुंगा आएका दुई जना युवतीमा सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । उनीहरुमा सामान्य खालको ज्वरो र खोकीको लक्षण देखिएपछि मंगलबारबाट आईसोलेसन वार्डमा राखिएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।

आईसोलेसनमा राखिएका ती दुई युवतीमध्ये एकजना ८ दिनअघि र अर्का एकजना १० दिनअघि मात्र इन्डियाबाट ओखलढुंगा अइपुगेका थिए । अब उनीहरुको स्वाब परिक्षणका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समन्वय गरी पठाउने तयारी गरिएको छ । हाल ती युवतीका आफन्तहरुलाई  होम क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच ओखलढुंगा जिल्लामा क्वारेन्टाइनमा बस्ने युवाहरुको संख्या ११ पुगेको छ । मंगलबारबाट जिल्ला सदरमुकाम स्थित ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टाइनमा ७ जना युवायुवती बसेपछि यो संख्या बढेर ११ पुगेको हो । क्याम्पस भवनको क्वारेन्टाईमा बस्ने मध्ये दुईजना महिला रहेको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख तिवारीले बताए । यसअघि मोलुङ गाउँपालिकाको क्वारेन्टाईनमा तीन र रुम्जाटार अस्पतालको क्वारेन्टाईमा एकजना युवालाई क्वारेन्टाईमा राखिएको छ ।

यता, जिल्लामा बिदेशबाट आएका युवाहरुको विवरण संकलन गर्न थालिएसँगै हालसम्म १ सय ३३ जना युवाहरु होम क्वारेन्टाइनमा बसेका छन्  । जिल्ला कमान्ड पोष्टको नेतृत्वमा स्थानिय तहमार्फत युवाहरुको विवरण संकलन गर्न थालिएसँगै उनिहरुलाई होम क्वारेन्टाईनमा राखिएको प्रमुख तिवारीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप