बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भोलिदेखि राहत प्याकेज बाँडिने

मङ्गलबार, १८ चैत २०७६, १७ : ५४
मङ्गलबार, १८ चैत २०७६

कास्की । पोखरा महानगरपालिकाले विपन्न परिवारको लागि ल्याएको राहत प्याकेज बुधबारबाट बाँडिने भएको छ । दैनिक ज्यालादारीबाट छाक टार्ने परिवारलाई सहजतका लागि महानगरले यस्तो प्याकेज ल्याएको हो ।

वडाबाट विपन्न परिवारको लागत निकालेर राहत बाड्न सुरु गर्ने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनले राहत वितरणका कार्यक्रम दुई दिन भित्रमा सक्ने पनि जानकारी दिए । 

महानगरले राहत वितरणको लागि फाराम भर्न अनिवार्य गरेपछि चर्को विरोध पनि भएको थियो । यही प्रश्न प्रवक्ता नेपालीलाई राख्दा असली मजदुरको पहिचान गर्न यस्तो व्यवस्था गरिएको बताए । कोही पनि मजदुर नछुटुन भनेर हो,’ उनले भने, ‘भोली फेरि राहत वितरणमा पनि भ्रष्टाचार गरे भन्ने आरोप पनि आउँछ । 

आफ्नो मान्छेलाई मात्रै राहत बाडें भन्ने पनि आउला । त्यो सबै आरोप नआओस् भनेर नै छोटोमिठो गरि राहत बाड्नको लागि फर्म भर्ने व्यवस्था मिलाइएको हो ।’वडाबाट स—साना राहतका कार्यक्रम सुरु भए पनि महानगरले भोलिदेखि सुरु गर्ने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप