शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी शहरमा दैनिक ८० हजार लिटर क्लोरिन पानी छर्किन्छ काठमाडौं महानगरपालिका, हेर्नुहोस् सिंहदरबारभित्रको दृश्य (भिडियो)

मङ्गलबार, १८ चैत २०७६, १७ : १०
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै काठमाडौं महानगरपालिकाले दैनिक ८० हजार लिटर क्लोरिन पानी छर्कन थालेको छ । ५ दिन अघिदेखि काठमाडौंका मुख्य–मुख्य स्थानमा हाई डोजयुक्त क्लोरिन पानी छर्किने गरेको माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई जानकारी दिए ।

 विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानिसलाई असर नगर्ने तर ब्याक्टेरिया मार्ने गरी पानीमा हाई डोजको क्लोरिन मिसाएर छर्किने काम थालेको डंगोलले बताए ।  मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, तरकारी बजार, त्रिभुवन अन्तर्राष्टिय विमानस्थल, अस्पतालहरु, सडकका चोकहरुमा नियमित रुपमा क्लोरिन पानी छर्किने गरिइएको छ ।

 

यसका लागि महानगरपालिकाले दैनिक १० वटा टयाङ्कर परिचालन गरेको छ । ४ हजार लिटर क्षमताका ३ वटा र एक हजार क्षमताका ७ वटा टयाङ्करबाट डिइन्फेन्सन पानी छरिरहेको प्रवक्ता डंगोलले जानकारी दिए । 
फैलिएपछि महानगरपालिकाले काठमाडौंमा विभिन्न स्थानमा ट्याङ्करबाट डिइन्फेसक्न पानी छर्किने काम गर्दै आएको छ  । 

कोरोना भाइरसको जोखिम कम नभएसम्म महानगरपालिकाले यो कामलाई निरन्तता दिने उनले बताए । महानगरपालिकाले सिंहदबारस्थित सडक तथा मन्त्रालयहरुमा नियमित रुपमा डिइन्फेन्सन पानी छर्दै आएको छ । 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप