शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेलो ११३७, लकडाउनमा समस्या पर्‍यो ? यसरी सहयोग गर्छ वाणिज्य विभागले (भिडियोसहित)

मङ्गलबार, १८ चैत २०७६, १६ : ५७
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । हेलो तपाईको नाम र नम्बर दिनुस त ?  तपाईको समस्या के हो ? खाद्यान्न र ग्याँस हो ?

खाद्यान्न समम्बी समस्याका लागि भाटभटेनीले पनि नम्बर दिएको छ । भाटभटेनीबाट पनि बोलाउन सक्नुहुन्छ, हामीसँग नम्बर छ । खाद्य संस्थानले दिएको नम्बर पनि छ । ४ ठाउँमध्ये तपाईलाई कहाँ सजिलो पर्छ ? रामशाहपथ, थापाथली, नख्खु, सूर्यविनायक तपाईलाई कहाँ नजिक पर्छ भन्नुहोस त ? 

बाणिज्य विभागले उपभोक्ताको गुनासो सुन्न स्थापना गरेको कल सेन्टरमा निरन्तर फोनको घण्टी बजिरहन्छ । पैसा नलाग्ने फोन नम्बर ११३७ मा सर्वसाधारणले खाद्य सामग्री तथा ग्याँस लगायतका समान आवश्यक परेकोले कहाँबाट कसरी खरिद गर्न सकिन्छ भनेर फोन गरिरहन्छन् । 

बाणिज्य विभागको कार्यालमा स्थापना गरिएको कल सेन्टरमा नेपाल आयल निगमबाट २ जना कर्मचारी र वाणिज्य विभागका कर्मचारी खटिएका छन् । जहाँ उनीहरुले सर्वसाधारणको गुनासो सुनेर उनीहरुलाई पायक पर्ने स्थानको पसलको नम्बर दिने गरेका छन् । 

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ साता लामो लकडाउन घोषणा गरेपछि काठमाडौंमा सिमित मात्रामा खाद्य सामग्री पसल खुलेका छन् । उपभोक्ताको सहजताका लागि खाद्य संस्थानले उपत्यकाका ४ स्थानमा खाद्य सामग्रीको सुपथ मूल्य पसल खोलेको छ भने भाट भटेनी सुपरमार्केटले पनि खाद्य सामग्री विक्री वितरण गर्ने गरेको छ । 

विभागको कल सेन्टरमा २ जनाले फोन उठाइरहेका हुन्छन् । उनीहरुले गुनासो कर्ताको नाम ठेगाना तथा फोन नम्बर टिपेर दर्ता गर्ने र उनीहरुको समस्या समाधानका लागि बिक्री केन्द्रको सम्पर्क नम्बर दिएर सहयोग गरिरहेका छन् ।

विभागको यो नम्बरमा दैनिक डेढ सयसम्म फोन आउने गरेको छ । २ जनाले फोनमा गुनासो सुन्ने र २ जनाले दर्ताको काम गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित  संरक्षण विभागका निर्देशक रविन्द्र आर्चायले रातोपाटीलाई जानकारी दिए ।

सवैभन्दा धेरै गुनासो : ग्याँस कहाँ पाइन्छ हजुर ? 

कल सेन्टरमा सबैभन्दा धेरै खाना पकाउने ग्याँसको समस्या भएको फोन आउने गरेको छ । उपभोक्ताको समस्या समाधान गर्नका लागि नेपाल आयल निगमले वाणिन्य विभागको कल सेन्टरमा २ जना कर्मचारी खटाएको छ । उनीहरुले उपभोक्तालाई पायक पर्ने ग्याँस विक्री केन्द्रको सम्पर्क नंबर दिएर सहयोग गर्ने गरेका छन् । 

आयल निगमकी कर्मचारी कल्पना भट्टराईले धेरैजसो ग्याँस र खाद्यबस्तु खरिदका समस्याहरु हटलाइनमा आउने गरेको बताईन् । सामान पाइने ठाँउको सम्पर्क नम्बर दिने र सोहीअनुसार उपभोक्ताले गएर खरिद गर्ने उले बताइन् । 

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कल सेन्टर सञ्चालन हुने गरेको छ । वाणिज्य विभागले नेपाल आयल निगमसँग सहकार्य गरेर काम गरिरहेको निर्देशक आर्चायले जानकारी दिए ।  हरेक दिन विभागले बजार अनुगमन गर्ने गरेको र कतै कालोबजारी, सामान बिक्री नगरेमा वा बढी मूल्य लिएमा ११३७ नम्बरमा फोन गरेर उजुरी गर्न सकिने उनले बताए । उजुरीको आधारमा बजारमा गएर अनुगमन गर्ने र आवश्यक कारवाही गर्ने आर्चायले जानकारी दिए । 

कालोबजारी गर्नेलाई कसुरको अवस्था हेरेर सम्झाई बुझाई गर्ने र नगद जरिवाना पनि गरेको उनले बताए । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप