कोरोना कोषमा सेलवेज र सेल्सवेरीद्वारा २५ लाख सहयोग घोषणा, घर घरमा अत्यावश्यक सामान आपूर्ति गर्दै
मङ्गलबार, १८ चैत २०७६, १६ : ५२
काठमाडौं–नेपाल सरकारको कोरोना कोषमा सेलवेज र सेल्सवेरीले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरसको प्रकोप न्यूनिकराण्मा सरकारले मुलुकलाई लकडाउन गरेसँगै सेलवेज र सेल्सवेरीले नागरिकलाई आवश्यक खाद्यान्न तथा सामान उपलब्ध पनि गराउँदै आएको छ ।
लकडाउनको अवस्थामा पनि सेलवेज र सेल्सवेरीले घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरी सेवा प्रवाह गरीरहेको जनाएको छ ।
सेलवेज र सेल्सवेरीबाट सुपर मार्केट संचालन गरिरहेको यो समूहले नेपाल सरकारको रातह कोषमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने जनाएको छ ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्ग र कम्पनीको तर्फबाट नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक