बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीले भने, संक्रमण न्यूनीकरणमा सवैले प्रयास गरौं

मङ्गलबार, १८ चैत २०७६, १६ : १०
मङ्गलबार, १८ चैत २०७६

कैलाली । कोरोना भाइरसको सामना र नियन्त्रणमा भएका प्रयासकाका बारेमा सुदूरपश्चिम प्रदेश सरकारले सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।

मंगलबार भएको उक्त कन्फरेन्समा ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, अस्पतालका मेडिकल सुपरिडेन्ट र प्रमुख जिल्ला अधिकारीहरु सहभागी थिए ।

कोरोनाको नियन्त्रण र भईरहेका प्रयासका वारेमा भिडियो कन्फ्रेन्समा छलफल भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । त्यसक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महाविपतिको घडीमा संक्रमणलाई न्यूनीकरण गर्ने प्रयासमा सवै लाग्नुपर्ने बताएका थिए ।

उनले संक्रमणबाट बच्न र बचाउन सरकारले गरेकानिर्णयहरु कार्यान्वयनमा जोड दिदै आम नागरिकलाई संक्रमणबारे सचेतना जगाउन र क्वारेन्टाईनको भरपुर व्यवस्थापन गर्न सुझाएका थिए । 

कोरोना भाईरसको रोकथामका लागि साझा धारणा आवश्यक भएको भन्दै उनले क्वारेनटाइनमा बसेकाहरुका लागि खाद्यन्न लगायतका दैनिक उपभोग्य बस्तु मौजाद भएनभएको जानकारी मन्त्री भट्टले जानकारी मागेका थिए ।

त्यस्तै सीमाक्षेत्रमा अलपत्रपरेका नेपालीको अवस्थावारे पनिछलफल भएको थियो कार्यक्रमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री, विभिन्नखालका औषधि र खाद्यान्नको अभाव हुन थालेको बताएका थिए।

छलफलमा प्रदेशसरकार काप्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशशाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पनि सहभागी थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप