शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा लकडाउन कडा

मङ्गलबार, १८ चैत २०७६, १५ : ०८
मङ्गलबार, १८ चैत २०७६

ललितपुर । ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्री सडकहरु सुनसान छन् । सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधारणहरु घरभित्रै रहेका छन् ।

चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको देखिन्छ । चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । सुरक्षाकर्मीले अनुमति विना सञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन् । त्यसैगरी पैदलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आईन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउदै छोड्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप