शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिपायलमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

मङ्गलबार, १८ चैत २०७६, १२ : ५०
मङ्गलबार, १८ चैत २०७६

डोटी । कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत सो  भत्ता प्रदान  गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु मलासीले बताइन् । 

उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा  भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णयसमेत गरेको छ । नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ  ।

 घरमै बस्न नगरको पत्राचार
नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरवासीलाई आफ्नै घरमा बस्न पत्राचार गर्न थालेको छ । नगरभित्र बसोबास गर्ने नागरिकलाई नगरपालिकाले घरैपिच्छे पत्र काटी सुरक्षित  बस्न आग्रहसहित पत्राचार गर्न शुरु गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् । नगरपालिकाले आफ्ना सबै वडाका वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समितिसमेत गठन गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप