शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा आज कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना हुँदै

मङ्गलबार, १८ चैत २०७६, १२ : १८
मङ्गलबार, १८ चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा मंगलबार कोरोना भाइरस परीक्षण ल्याब स्थापना हुने भएको छ । 

ल्याव परीक्षणका लागि हिजो नै केही सामान आएको र आज हेलिकप्टर मार्फत मेसिन ल्यायर जडान गरिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

‘हामीले संघीय सरकारको गृह मन्त्रालयलाई हेलिकप्टरका लागि भनिसकेका छौं, अनुमती आउना साथ आजै मेसिन ल्याएर जडान गर्छौ’, उनले भने । 

परीक्षण ल्याव स्थापना र सोसम्बन्धी विशेषज्ञ टोली पनि हिजो नै आइसकेको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप