बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ बाट विश्व यति आतङ्कित किन ?

मङ्गलबार, १८ चैत २०७६, ११ : २७
मङ्गलबार, १८ चैत २०७६

कोरोनाको पहिलो सङ्क्रमण गत पुस महिनामा चीनको उहान सहरमा देखिएको थियो । संलग्न स्वाथ्यकर्मीले कोरोना सङ्क्रमण गाभीर्यता बारे स्थानीय प्रशासनलाई जानकारी दिँदा उल्टै स्थानीय प्रशासनले दुईजना चिकित्सकलाई बन्दी बनायो । पछि तीमध्ये एकजना चिकित्सकको मृत्युसमेत भएको समाचार व्यापक भयो । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न आन्तरिक रूपमै स्थानीय प्रशासनले निकै प्रयास गर्यो तर करिब तीन साताको असफल प्रयासपछि चीनले जनवरी २० मा आएर मात्र कोरोनाको सङ्क्रमण महामारीका रूपमा भएको घोषणा गर्यो र त्यपछि उहान सहर नै लक डाउनमा गर्यो । अहिले विश्वभरि लकडाउन फेसनकै रूपमा फैलिएको छ । तर अझै पनि कतिपय मुलुकहरु लक डाउन नगरी यस भाइरसलाई पराजित गर्ने रणनीतिमा छन् । पछिल्लो चरणमा ९ लाखभन्दा बढी मानिसमा कोराना जाँच गरिएको र १ लाख ६५ हजारभन्दा बढी सङ्क्रमित भएको अमेरिकामा समेत लकडाउन गरिएको छैन ।

कोराना भाइरस विश्व महामारीका रूपमा विस्तार हुँदै जाँदा यो भाइरस बारेमा केही कुरा अझै पनि कन्स्पेरेसीको रूपमै रहेको भन्नेहरुको पनि कमी छैन । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पछाडिको अर्को पाटो जालझेल वा कपटको बारे चर्चा गर्न थालेका छन् । जुन चर्चा कोरोना सम्बन्धमा अहिलेको मूलधारको चर्चा भन्दा बेग्लै प्रकारको रहेको छ । कोराना भाइरस कतिको खतरनाक छ । यसको उपचार पद्धतिबारे एकदमै फरक धारणा आउने गरेको छ । कोरोना भाइरसको उत्पत्ति वा पहिलो सङ्क्रमण कसरी भयो ? यसको रोकथाम, उपचार पद्धति  सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनसमेत अन्योलमा रहेको बेला कोरोना भाइरस बारे यसरी आएको फरक धारणाका बारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

फरक धारणा राख्ने अनुसन्धान कर्ताहरुले यस महामारीलाई ‘कोरोना स्क्रिप्ट’ को रूपमा  बुझ्ने गरेका छन् जुन पहिले नै लेखिएको थियो । उनीहरुका अनुसार ब्रह्माण्डको सुरुवातदेखि नै पृथ्वीमा दशौँ करोड किसिमका भाइरसहरु अस्तित्वमा रहेका छन् । कोरोना भाइरस इन्फ्लुएन्जा भाइरसकै अहिले आएर पत्ता लागेको भाइरस हो तर यो भाइरस यसको प्राकृतिक गुण, सङक्रमणको तरिका र गतिका हिसाबले फरक हुनसक्छ । २००२–३ मा सार्स भाइरस द. चीनमा पहिलो पटक देखिएर करिब ३७ देशमा फैलिएको  थियो । यही सार्स र अहिलेका कोभिड–१९ बृहत कोरोना भाइरस परिवारकै सदस्य हुन् ।

इन्डो भियतनाम मेडिकल बोर्डसँग सम्बद्ध अनुसन्धान कर्ता एवं डायबिटिज विज्ञ डा. विश्वरूप रायका अनुसार कोरोना अहिले जन्मिएको हैन पहिले नै रहेको तर प्रविधिको विकाससँगै पत्ता लागेको भाइरस हो जसलाई कोभिड–१९ भाइरस भनिएको छ । यो भाइरस कमन कोल्ड भाइरस सरहकै साधारण हो । कमन कोल्ड भाइरस जति खतरनाक हुन्छ त्यति नै खतरनाक कोरोना भाइरस हुन्छ । त्योभन्दा बढी होइन भनेर उनी दाबी गर्छन् । यो भाइरस बच्चा, युवा, वृद्धवृद्धा सबैलाई हुन्छ र यसको असर हाम्रो रोग प्रतिराधी क्षमता माथि निर्भर हुन्छ । जसरी कोरोनाको हौवा फिजाइँदै छ त्यसो होइन । उनले २८ फेब्रुअरी २०१९ मा प्रकाशित New England Journal of Medicine  को हवला दिँदै चीनको अनुभवमा पनि कोरोना सङ्क्रमितलाई दिएको  एचआईभी, मलेरिया, एन्टिबायोटिक लगायतका औषधिहरुको प्रयोगले बिरामीमा झन नकारात्मक असर परेको हो । यस्तो उपचार पद्धतिले कोरोना भाइरसको असर ठीक हुनुभन्दा बल्झाउने काम गरेको मानिन्छ । साथै जतिको मृत्यु भएको छ तिनीहरु मुटु रोगी, डायबिटिज तथा अन्य रोगबाट ग्रसित र कोराना आतङ्कका कारण कमजोर मानसिकता भएका मानिस रहेका छन् न कि कोरोनाको एक्लो कारणले उनीहरुको मृत्यु भएको हो ।

कोरोनाबाट यसरी विश्वलाई आतङ्कित बनाएर मानिसलाई मानसिक रूपमा किन कमजोर बनाइदैछ ? उनी यसलाई स्वास्थ्य व्यापारको बजार रणनीति मान्छन् । अब स्वास्थ्य उपकरण र भ्याक्सिनको ठूलो व्यापार हुनेछ । मेडिकल उद्योग फाइदै फाइदामा जानेछ । कोरानाको क्लाइमेक्स सकिँदै छ, त्यसैले केही दिनमा कोरोना पनि जान्छ र अन्य पुराना भाइरस सरह रहन्छ । फेरी अर्को नयाँ भाइरस आउला केहि समय पछि, पुरानो फिल्मको पोष्टर उतारेर नयाँ फिल्मको पोस्टर टाँसे झैँ । उनी व्यङ्ग्य गर्छन् ।

उनी थप्छन्, कोराना अघिको पछिल्लो तीन महिनामा इन्फ्लुएन्जाले अमेरिकामा मात्र २५ हजार मानिसको मृत्यु भएको थियो । तर यसको लेखाजोखा भएन । डेङ्गुले अझै पनि भारतमा प्रतिदिन हजारौँ मानिस मर्ने मर्छन भने प्रतिदिन ६२ जना मलेरियाले, टीबीले प्रत्येक वर्ष ५ लाख मानिस मर्ने गरेका छन् । यसैगरी विश्वभरि प्रत्येक करिब वर्ष १ करोड ४५ लाख मानिस मर्ने गर्छन् । हेपाटाइटस्–बी को भाइरसले प्रत्येक वर्ष विश्वभर करिब १४ लाख मानिसको ज्यान लिन्छ । यसैगरी प्रतिवर्ष विश्वभर लाखौँ मानिसको विभिन्न सङ्क्रामक रोगहरुबाट मृत्यु हुन्छ । तर खै कहिले विश्व यसरी लक डाउनमा गएन । यो आँकडा हेर्ने हो भर्ने त सबभन्दा कम खतरनाक हो कोरोना भाइरस । जसरी कोरानाको आतङ्क सिर्जना भएको छ त्यति आतङ्कित हुनु जरुरी छैन । उनको सुझाव अनुसार शरीरमा रोगसँग लड्ने प्रतिराधात्मक क्षमता बढाउन विशेष ध्यान दिनुपर्छ । त्यसको लागि प्रत्येक दिन ०.२ ग्राम भिटामिन–सी विभिन्न फलफूलको माध्यमबाट खानासँग लिन सक्यो भने मानिसको प्रतिरोधी क्षमता बढ्छ । यस्ता प्रकारका भाइरसको सङ्क्रमणबाट बच्ने ८० प्रतिशत सम्भावना रहन्छ ।

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएका भनिएका मानिसहरुको पछिल्लो आँकडाको अध्ययन गर्दा कोराना भाइरसबाट सङ्क्रमित मानिसको समग्र मृत्यु दर ३.५ प्रतिशत पाइको छ (Science Planet 2020, March 14)  जबकि फ्लु सङ्क्रमणबाट हुने मृत्यु दर ०.१ प्रतिशत रहेको छ । जसमध्ये ८० वर्षभन्दा माथिको मृत्यु दर १४.८ प्रतिशत, ६५ वर्षभन्दा माथि उमेरका तर अन्य गम्भीर रोग भएका व्यक्तिको मृत्यु दर २७ प्रतिशत र ५० भन्दा माथि उमेरका छन् । तर अन्य गम्भीर रोग भएका व्यक्तिको मृत्यु दर ४१ प्रतिशत पाइन्छ ।

यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कोराना भाइरस अन्य भाइरसझैँ साधारण भाइरस हो । डा. विश्वरूप रायका अनुसार स्वस्थ्य मानिसमा यसको सङ्क्रमण भए पनि रुघा खोकीझैँ आफै ठीक हुन्छ भने अन्य गम्भीर रोग भएका मानिसहरुलाई केही समस्या ल्याउन सक्छ । त्यसैले कोरानाबाट आतङ्कित हुनुभन्दा यसबाट नडराई खानपानमा ध्यान दिँदा यो भाइरससँग सजिलै लड्न सकिन्छ । उनी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न फलफूल तथा खानाको (जस्तै अम्बा, सुन्तला, आँप, टमाटर, हरियो मटर, सिमलम मिर्च, आदि)  माध्यमबाट पर्याप्त भिटामिन–सी लिने र भाइरस प्रतिराधी क्षमता बढाउने कुरामा जोड दिन्छन् भने कोराना भाइरस सङक्रमण भई सकैपछि सन्तुलित आहारको माध्यमबाट अन्य क्रोनिक रोग छैन भने सामान्यतया ३ दिन भित्रै कोरोना भाइरसबाट मुक्ति पाउन सकिन्छ । जसअनुसार पहिलो ताजा सिट्रस जुस र नारिवल पानी मात्र लिने, दोस्रो र तेस्रो दिन जुस र ठोस फलफूल जस्तै टमाटर, काँक्रो आहारको रूपमा लिँदा कोरोना भाइरस निष्प्रभावी हुन्छ । कति गिलास ताजा जुस र ताजा फलफूल खाने सम्बन्धमा चिकित्सक तथा आहार विज्ञको सल्लाह पनि लिन सकिन्छ । त्यसैले कोराना भाइरसबाट जसरी विश्वका मानिसहरु आतङ्कित भइरहेका छन् त्यसरी आतङ्कित नहुन उनले स्पष्ट सन्देश दिएका छन् ।

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनक शाह
जनक शाह
लेखकबाट थप