केन्द्रीय संस्करण

सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका–३ का  युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

कोभिड१९ संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए । 

आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल –३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई  बलान बिहुल गाउँपालिकास्थित दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हबल्दार चौधरीले कुटपिट गरेका थिए ।

लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानबिन शुरु गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...