संक्रमित युवतीसँगै आएका मुसिकोटमा ४ जना भेटिए
मङ्गलबार, १८ चैत २०७६, ०९ : ४३
गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौँ उत्रेकी कोरोनाभाइरस संक्रमित युवतीसँगै गुल्मीको मुसिकोट नगरपालिकामा मात्रै ४ जना आएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।
मेयर सापकोटाका अनुसार नगरपालिकाको वडा नम्बर–१ पौदी अमराईका एक जना काठमाडौँमा सुरक्षित रहेका छन्, वडा नम्वर ३ को बडागाउँमा एक जना, मुसिकोट नगरपालिका–६ को कुर्घामा एक जना र वडा नम्वर ८ को वामीमा एक जनासहित चार जना आएका हुन् ।
‘अहिले विहान पनि उनीहरुको घर–घरमा पुग्दैछौँ । सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिरहेका छौँ । उहाँहरु सबैको स्वास्थ्य अवस्था राम्रो छ । तर पनि सावधानी अपनाउन भनिरहेका छौं,’ मेयर सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ