शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्टको प्रशिक्षण सुरु

मङ्गलबार, १८ चैत २०७६, ०९ : २७
मङ्गलबार, १८ चैत २०७६

कोरोना भाईरसको बढ्दो त्रासको बीच जर्मन क्लब बोरुसिया डर्टमन्डले प्रशिक्षण सुरु गरेको छ । युरोपमा बढ्दो महामारीको रुप लिएको कोरोनाको संक्रमण जर्मनमा पनि उत्तिकै छ । 

तर क्लबले खेलाडीको फिटनेशलाई ध्यानमा राखी सोमबारदेखि प्रशिक्षण र तयारी सुरु गरेको हो । जर्मनमा अप्रिल ३० सम्म फुटबल लगायत सबै खाले खेलकुद गतिविधि स्थगित गरिएको छ । 

प्रशिक्षणको पहिलो दिन  अर्लिङ हालान्ड, थोमस डिलाने, जियोभानी रेना र इम्री क्यान लगायत खेलाडी उपस्थिति रहेको थियो । लगातार बसिरहँदा खेलाडीलाई असहज भएकोले तयारी सुरु गरिएको क्लबले जनाएको छ ।

कोरोनाले रोकिएको बुन्डेस लिगा सिजनको सुरुवात छिट्टै हुनेमा पनि डर्टमन्ड विस्वस्थ छ । अहिले डर्टमन्ड लिगको दोस्रो स्थानमा छ । डर्टमन्डले २५ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ५५ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप