शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाद्धारा रौतहटमा खाद्यान्न वितरण

मङ्गलबार, १८ चैत २०७६, ०९ : ०२
मङ्गलबार, १८ चैत २०७६

रौतहट – विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमन नियन्त्रयण गर्न सरकारले लकडाउको समय बढाएसंगै रौतहटमा खाद्यान्न वितरण सुरु गरिएको छ ।

लगातार एकहप्ताभन्दा बढीसमय लकडाउन भएको कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानियतहहरुले खाद्यान्न वितरण सुरु गरेका हुन् ।

मौलापुर नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका गरीब तथा विपन्न ८ सय परिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

मौलापुर नगरपालिका वडा ३ मा प्रतिपरिवार २५ किलो चामल,४ किलो दाल र नगद ५०० रुपैयाको दरले बितरण गरीएको प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिए । 

पहिलो चरणमा कुल २ सय कुईन्टल चामल, ३२ कुईन्टल दाल र जनही ५०० को दरले कुल चारलाख रुपैयाँ नगद बितरण गर्ने योजना रहेको मौलापुर नगरप्रमुख रिना कुमारी साहले बताइन् । 

नगरक्षेत्र अन्तर्गत गरिब तथा विपन्नको संख्या बढी रहेकाले खाद्यान्न सामग्री बढाउनुपर्ने आवश्यकता रहेको मौलापुर नगरपालिका वडा ३ का अध्यक्ष बिरबल यादवले बताए । 

नगरप्रमुख साहले पहिलो चरणको बितरण सकिएपछि पुन: गरिब तथा विपन्न परिवारको पहिचान गरेर थप खाद्यान्न विरतण गर्ने प्रतिवद्धता जनाएकी छन् ।

यसैगरी, गुजरा, गढीमाई र गौर नगरपालिकाले आ–आफ्ना नगरक्षेत्र भित्रका गरीब तथा विपन्न परिवारलाई खाद्यसामग्री बितरण गरेका थिए । 

नगरप्रमुखहरु क्रमस.ं सन्तलाल चौधरी, श्यामबाबु यादव र अजयकुमार गुप्ताले नगरक्षेत्र अन्तरगत खाद्यान्न वितरण सुरु गरिएको र गरिब विपन्न परिवारको पहिचान गरी थप वितरण हुने बताएका छन् ।

शिक्षा, साक्षरता तथा मानव सुचाकंमा देशमै सबैभन्दा तल अर्थात ७७ औं स्थानमा रहेका रौतहट जिल्लामा गरिव तथा विपन्नकोे संख्या अत्यधिक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप